भारतको नयाँ प्रधानन्यायाधीशमा सूर्य कान्त सिफारिस

२०८२ कार्त्तिक १० सोमवार
सारांश
  • प्रधानन्यायाधीश बीआर गवईले सर्वोच्च अदालतको अर्को प्रधानन्यायाधीशको लागि न्यायाधीश सूर्य कान्तको नाम सिफारिस गरेका हुन् ।

काठमाडौँ : भारतको सर्वोच्च अदालतका न्यायाधीश सूर्य कान्त नयाँ प्रधानन्यायाधीशका लागि सिफारिस भएका छन् ।

 

प्रधानन्यायाधीश बीआर गवईले सर्वोच्च अदालतको अर्को प्रधानन्यायाधीशको लागि न्यायाधीश सूर्य कान्तको नाम सिफारिस गरेका हुन् । उनले यस उद्देश्यका लागि केन्द्र सरकारलाई पत्र लेखेका छन् । अदालतसँग सम्बन्धित मामिलाहरू समेट्ने वेबसाइट, लाइभ ल का अनुसार न्यायाधीश सूर्य कान्त हाल प्रधानन्यायाधीश गवई पछि सर्वोच्च अदालतको दोस्रो सबैभन्दा वरिष्ठ न्यायाधीश हुन् ।  यदि नियुक्त भएमा, उनी सर्वोच्च अदालतको ५३औं प्रधानन्यायाधीश हुनेछन् ।

 

प्रधानन्यायाधीश बीआर गवई नोभेम्बर २३, २०२५ मा अवकाश लिदैछन् । उनी भारतको ५२औं प्रधानन्यायाधीश हुन् । सर्वोच्च अदालतको परम्परा अनुसार, प्रधानन्यायाधीश पदको लागि प्रधानन्यायाधीश पछि सबैभन्दा वरिष्ठ न्यायाधीशको नाम सिफारिस गरिन्छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार