ट्रम्पको उपस्थितिमा थाइल्याण्ड र कम्बोडियाबीच शान्ति सम्झौता

२०८२ कार्त्तिक ०९ आइतवार
सारांश
  • मलेसियाको क्वालालम्पुरमा थाइल्याण्ड र कम्बोडियाबीच शान्ति सम्झौता भएको हो

काठमाडौँ: थाई प्रधानमन्त्री अनुटिन चार्नविराकुल र कम्बोडियाली प्रधानमन्त्री हुन मानेटले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको उपस्थितिमा संयुक्त शान्ति सम्झौतामा हस्ताक्षर गरेका छन् ।

 

मलेसियाको क्वालालम्पुरमा थाइल्याण्ड र कम्बोडियाबीच शान्ति सम्झौता भएको हो ।

 

बैठकको क्रममा ट्रम्पले जुलाईमा थाइल्याण्ड र कम्बोडिया बीचको द्वन्द्व पछि धेरै फोन कलहरू भएको बताए । साथै उनले आफुले दुविया देशबीचको द्वन्द्व रोकेको साबि समेत गरेका छन् । थाइल्याण्ड-कम्बोडिया युद्धविराम सम्झौता पछि, अमेरिकाले व्यापार सम्झौतामा हस्ताक्षर गर्न थाइल्याण्ड र कम्बोडियालाई कागजातहरू प्रस्तुत गरेको छ ।

 

ट्रम्पले सम्झौता दुबै देशहरूको लागि ठूलो सम्झौता भएको बताएका छन् ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार