- इजरायलले हमासबाट मारिएका नेपाली युवा बिपिन जोशीलाई आइतबार अन्तिम बिदाई गर्ने भएको छ ।
काठमाडौँ, १ कार्त्तिक । इजरायलले हमासबाट मारिएका नेपाली युवा बिपिन जोशीलाई आइतबार अन्तिम बिदाई गर्ने भएको छ ।
बन्धक र बेपत्ता रहेका परिवारको फोरमले स्थानीय समय अनुसार आइतबार बिहान साढे ९ बजे आर्मर्ड ब्रिगेड मेमोरियल (बेन गुरियन विमानस्थल) मा बिदाई गर्ने जानकारी दिएको छ ।
फोरमले भनेको छ- 'इजरायलका जनताले हमासद्वारा अपहरण गरी बन्धक बनाइएका निर्दोष पीडित बिपिन जोशीको मृत्युमा शोक मनाउँदै गहिरो शोकमा शिर झुकाउनेछन् । इजरायलमा कृषि अध्ययन गर्न मन पराउने यस विद्यार्थीलाई उनको नेपाल फर्कने अन्तिम यात्रामा साथ दिन र अन्तिम श्रद्धाञ्जली अर्पण गर्न जनता र मिडियालाई आमन्त्रित गरिएको छ ।'
साथै इजरायल सरकारले स्थानीय समय अनुसार बिहान बिहान १० बजे विपिनको सम्मानमा राज्यस्तरीय स्मृति समारोह आयोजना हुने फोरमले जनाएको छ ।
२०२४ को अक्टोबर ७ मा हमासबाट अपहरित विपिनको शव असोज २७ गते राति इजरायली सेनालाई हस्तान्तरण गरेको थियो । साथै इजराली सेनाले हमासले विपिनको हत्या, अपहरण गरेको केहि महिनामै गरेको अनुमान गरेको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’