अफगानिस्तान भारतका लागि छद्म युद्ध लडिरहेको छ: पाकिस्तानी रक्षामन्त्री
२०८२ असोज ३० बिहीबार
- रक्षामन्त्री ख्वाजा आसिफले अफगानिस्तान हाल भारतको लागि छद्म युद्ध लडिरहेको आरोप पनि लगाए ।
काठमाडौँ : पाकिस्तानका रक्षामन्त्री ख्वाजा आसिफले अफगानिस्तानसँगको युद्धविराम लामो समयसम्म रहने विश्वास नगर्ने बताएका छन् ।
रक्षामन्त्री ख्वाजा आसिफले अफगानिस्तान हाल भारतको लागि छद्म युद्ध लडिरहेको आरोप पनि लगाए । काबुलमा पाकिस्तानको कथित हवाई हमलाको बारेमा सोधिएको प्रश्नको जवाफमा उनले भने- 'म यसको बारेमा धेरै कुरा गर्दिन, तर हामीसँग अफगानिस्तानको कुनै पनि भागमा बम विस्फोट गर्ने क्षमता छ । यदि तिनीहरूले यो युद्ध बढाए भने, हामी पूर्ण शक्तिका साथ जवाफ दिनेछौं ।'
केहि दिन सीमा भएको तनावपछि पाकिस्तान र अफगान तालिबान दुवैले बुधबार ४८ घण्टाको युद्धविरामको घोषणा गरेका थिए ।
पाकिस्तानले अफगान तालिबानको अनुरोधमा युद्धविराम लागू गरिएको बताए पनि अफगान तालिबानका प्रवक्ताले पाकिस्तानको अनुरोधमा युद्धविराम लागू गरिएको बताएका थिए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
काठमाडौँ महानगरमा ‘पुस्तकरहित शुक्रबार’ सञ्चालन मार्गदर्शन स्वीकृत
-
अर्थमन्त्री डा. वाग्ले आज बैंकक जाँदै
-
मुगुमा खुडा प्रहार गरी ७५ वर्षीय वृद्धको हत्या, आरोपित पक्राउ
-
स्वीकृत मापदण्डविपरीत इन्टरनेट सेवा बेच्ने १४ कम्पनीलाई जनही ५० हजार जरिवाना
-
ममाथि हुने छानबिनको लागि सघाउन तयार छु- खगेन्द्र सुनुवार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’