गाजा शान्ति योजनाप्रति राष्ट्र संघका महासचिव गुटेरेसको स्वागत
२०८२ असोज २८ मङ्गलवार
- उनले यो युद्धविरामलाई दिगो शान्तिमा परिणत गर्न आह्वान गर्दै गाजामा आर्थिक सहयोगको बारेमा चिन्ता व्यक्त गरेका छन् । उनले भनेका छन्- 'संयुक्त राष्ट्रसंघ र यसका साझेदारहरूले राहत कार्यहरू द्रुत गतिमा सञ्चालन गरिरहेका छन् । तिनीहरू महिनौंदेखि काटिएका क्षेत्रहरूमा पुगिरहेका छन् ।'
काठमाडौँ :संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले अमेरिकी राष्ट्रपति ट्रम्पको गाजा शान्ति योजना अन्तर्गत इजरायल र हमासबीच भएको युद्धविरामको स्वागत गरेका छन् ।
उनले यो युद्धविरामलाई दिगो शान्तिमा परिणत गर्न आह्वान गर्दै गाजामा आर्थिक सहयोगको बारेमा चिन्ता व्यक्त गरेका छन् । उनले भनेका छन्- 'संयुक्त राष्ट्रसंघ र यसका साझेदारहरूले राहत कार्यहरू द्रुत गतिमा सञ्चालन गरिरहेका छन् । तिनीहरू महिनौंदेखि काटिएका क्षेत्रहरूमा पुगिरहेका छन् ।'
यद्यपि, आवश्यकताहरू अझै पनि ठूलो छन् । निरन्तर पहुँच र आर्थिक सहयोग महत्त्वपूर्ण छ ।' गुटेरेसले अगाडी भनेका छन्- 'म सबैलाई यो युद्धविरामलाई बलियो बनाउन र यसलाई दिगो शान्तिमा रूपान्तरण गर्न अपील गर्दछु ।'
सोमबार इजिप्टमा भएको शिखर सम्मेलनमा गाजा शान्ति योजनामा हस्ताक्षर गरिएको थियो । २० भन्दा बढी देशका नेताहरूले शिखर सम्मेलनमा भाग लिएका थिए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’