भारतको मध्यप्रदेशमा कफ सिरप सेवनपछि ११ बालबालिकाको मृत्यु
२०८२ असोज १९ आइतवार
- भारतको मध्य प्रदेशमा कफ सिरप सेवन गरेपछि ११ बालबालिकाको मृत्यु भएको छ ।
काठमाडौँ, १९ असोज । भारतको मध्य प्रदेशमा कफ सिरप सेवन गरेपछि ११ बालबालिकाको मृत्यु भएको छ ।
घटनामा सरकारी डाक्टर प्रवीण सोनी, कफ सिरप निर्माता श्रीसन फार्मास्युटिकल्सका सञ्चालकहरू र अन्य जिम्मेवार व्यक्तिहरू विरुद्ध एफआईआर दर्ता गरिएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।
जिल्ला प्रशासनले मृत्यु भएका ११ बालबालिकामध्ये १० जना पारसिया ब्लकका बासिन्दा थिए, जहाँ डा. प्रवीण सोनी सरकारी बाल रोग विशेषज्ञको रूपमा कार्यरत थिए ।
एफआईआरमा अगस्ट र सेप्टेम्बर २०२५ को बीचमा, पाँच वर्ष मुनिका धेरै बालबालिकाहरूलाई सामान्य रुघाखोकी, खोकी र ज्वरोको गुनासो गर्दै सीएचसी पारसियामा ल्याइएको थियो । डा. प्रवीण सोनीले धेरैजसो बालबालिकालाई कोल्ड्रिफ कफ सिरप र अन्य औषधिहरू सिफारिस गरेका थिए । केही दिनपछि, बालबालिकाहरूमा पिसाब रोकिने, अनुहार सुन्निने र बान्ता हुने जस्ता लक्षणहरू देखा परे । अनुसन्धानले मृगौला फेल भएको पुष्टि भएको थियो ।
धेरै बालबालिकालाई नागपुर रिफर गरिएको थियो, जहाँ उपचारको क्रममा १० जनाको मृत्यु भयो । पहिलो मृत्यु सेप्टेम्बर ४ मा ४ वर्षीय शिवम राठौरको थियो भने अन्तिम मृत्यु अक्टोबर ४ मा दुई वर्षीया योगिता ठाकरेको भएको थियो ।
यी मृत्युहरू पछि, मध्य प्रदेश सरकारले अक्टोबर १ मा तमिलनाडु सरकारलाई पत्र लेख्दै औषधि निर्माता विरुद्ध अनुसन्धानको लागि अनुरोध गरेको थियो ।
यस अनुसन्धान पछि, तमिलनाडु औषधि नियन्त्रण विभागले श्रीसन फार्मास्युटिकल्सद्वारा निर्मित कोल्ड्रिफ खोकीको सिरप 'मिश्रित' भएको पुष्टि भएको थियो ।
तमिलनाडुको श्रीसन फार्मास्युटिकल्स कम्पनीद्वारा निर्मित कोल्ड्रिफ खोकीको सिरपमा डाइथिलिन ग्लाइकोल फेला परेको थियो । सिरपमा डाइथिलिन ग्लाइकोलको मात्रा ४८.६ प्रतिशत पाइएको बताइएको छ । यसको अर्थ कोल्ड्रिफ खोकीको सिरपको प्रत्येक १०० मिलिलिटरमा ४८.६ ग्राम रसायन हुन्छ, जुन स्वास्थ्यको लागि अत्यन्तै खतरनाक मानिन्छ ।
यस आधारमा, प्रहरीले डा. प्रवीण सोनी, श्रीसन फार्मास्युटिकल्सका सञ्चालकहरू र अन्य जिम्मेवार व्यक्तिहरू विरुद्ध बीएनएसको धारा १०५ (हत्या नभई अपराधपूर्ण हत्याको सजाय), २७६ (औषधिको मिसावट) र औषधि तथा सौन्दर्य प्रसाधन ऐन १९४० को धारा २७(ए) अन्तर्गत मुद्दा दर्ता गरेको छ र अनुसन्धान सुरु गरेको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
चितवनमा भेटिएका पहिचान नखुलेका शवको जमिनमुनि व्यवस्थापन गर्न शुरु
-
१८७ जना विदेशी पर्यटकको उद्धार, अझै ४२० सम्पर्कविहिन
-
शशांकले भने- महाधिवेशनको कार्यतालिका यथाशीघ्र सार्वजनिक गर्छौँ
-
भेनेजुएलाको ६५ अर्ब ब्यारेल तेलमा अमेरिकी नियन्त्रण हुने ट्रम्पको दाबी
-
अलपत्र यात्रुको उद्धार गर्न महानगरले सञ्चालन गर्यो काठमाडौँ-नुवाकोट-काठमाडौँ निःशुल्क यातायात
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।