- भारतीय धितोपत्र तथा विनिमय बोर्डले अगस्ट २८ मा स्वीकृति दिएको हो । राष्ट्रिय धितोपत्र कारोबार केन्द्रको आधिकारिक विवरणमा पनि जियोको प्रारम्भिक विवरणपत्रको अवस्था ‘स्वीकृत’ देखिएको छ ।
काठमाण्डौ, १३ भाद्र । रिलायन्स इन्डस्ट्रिज लिमिटेडको डिजिटल तथा दूरसञ्चार शाखा जियो प्लेटफर्म लिमिटेडको साधारण सेयर निष्कासन (आइपीओ) लाई भारतीय धितोपत्र तथा विनिमय बोर्डले स्वीकृति दिएको छ ।
भारतीय धितोपत्र तथा विनिमय बोर्डले अगस्ट २८ मा स्वीकृति दिएको हो । राष्ट्रिय धितोपत्र कारोबार केन्द्रको आधिकारिक विवरणमा पनि जियोको प्रारम्भिक विवरणपत्रको अवस्था ‘स्वीकृत’ देखिएको छ ।
कम्पनीले २७ करोड नयाँ सेयर जारी गरी करिब ४ अर्ब अमेरिकी डलर अर्थात् ३७ हजार ७०० करोड भारतीय रुपैयाँ जुटाउने योजना बनाएको छ । यो निष्कासन भारतकै अहिलेसम्मको सबैभन्दा ठूलो साधारण सेयर निष्कासन बन्न सक्ने बताइएको छ ।
जियोको सेयर निष्कासन कहिले बजारमा आउने भन्ने औपचारिक मिति तय भएको छैन । तर जानकारहरूले दीपावली आसपास निष्कासन हुन सक्ने अनुमान गरेका छन् ।
रिलायन्स इन्डस्ट्रिजका अध्यक्ष मुकेश अम्बानीले यसै वर्षको वार्षिक साधारणसभामा जियो प्लेटफर्मको सेयर निष्कासन गर्ने घोषणा गरेका थिए । जियो प्लेटफर्मले भारतको ठूलो मोबाइल सञ्जाल सञ्चालन गर्नुका साथै पाँचौँ पुस्ता (फाइभजी) को दूरसञ्चार सेवा, सञ्जाल प्रविधि र कृत्रिम बुद्धिमत्तासम्बन्धी प्रविधि उपलब्ध गराउँदै आएको छ ।
अम्बानीले जियोको सेयर बजारमा सूचीकृत भएपछि भारतले विश्वस्तरका प्रविधि कम्पनी निर्माण गर्न सक्ने क्षमता देखाउने बताएका थिए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
सामुदायिक विद्यालयको पूर्वाधार विकासका लागि पहिलो चरणमा ८९ विद्यालय छनोट
-
बडादशैंको आज छैठौं दिन: कात्यायनी देवीको पूजाआराधना गरिँदै
-
विदेशी मुद्राको सटहीदर: २०८३ असोज ३० शुक्रबार
-
पूर्वराजा ज्ञानेन्द्रले भने- राजनीतिक, संवैधानिक र आर्थिक क्षेत्र अन्योलमा छन्
-
१३२ केभी चोभार सबस्टेसन निर्माण अन्तिम चरणमा
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’