चितवनमा भेटिएका पहिचान नखुलेका शवको जमिनमुनि व्यवस्थापन गर्न शुरु

२०८३ भाद्र १३ शनिवार
सारांश
  • रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा परी चितवनमा हालसम्म संकलन गरिएका २२९ शव जमिनमुनि व्यवस्थापन गर्न शुरु गरिएको छ ।

चितवन, १३ भाद्र । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा परी चितवनमा हालसम्म संकलन गरिएका २२९ शव जमिनमुनि व्यवस्थापन गर्न शुरु गरिएको छ ।

 

जिल्ला प्रशासन कार्यालय चितवनले भेटिएका शव तथा नदी किनारबाट संकलन गरिएका शवका अवशेष सडने गल्ने अवस्थामा पुगेपछि स्वास्थ्य विशेषज्ञहरुको सुझावमा जमिनमुनि व्यवस्थापन गर्न लागेको हो ।

 

जिल्ला सुरक्षा समिति चितवनको निर्णयअनुसार पहिचान नभएका तथा बेवारिसे शव व्यवस्थापनसम्बन्धी निर्देशिका, २०८३ बमोजिम सबै शव भरतपुर महानगरपालिका–१ देवघाटस्थित जंगलमा शव व्यवस्थापन गर्न लागिएको छ ।

 

शव व्यवस्थापनअघि सबैको डिएनए नमुना संकलन गरी संकेत नम्बरका आधारमा अभिलेख राखिने प्रशासनले जनाएको छ ।

 

प्रशासनले शोकको यस कठिन परिस्थितिमा निर्णयलाई सकारात्मक रूपमा लिएर सहयोग, समन्वय र सूचना सम्प्रेषण गरिदिन सम्बन्धित सबैलाई आग्रह गरेको छ । बाध्यात्मक परिस्थितिका कारण पीडित परिवारलाई पर्न जाने असुविधाप्रति प्रशासनले क्षमासमेत मागेको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार