आज अन्तर्राष्ट्रिय आणविक परीक्षणविरुद्धको दिवस मनाइँदै
२०८३ भाद्र १३ शनिवार
- काजाखस्तानमा रहेको सेमिपालाटिन्स्क आणविक परीक्षणस्थल सन् १९९१ अगस्ट २९ मा बन्द गरिएको घटनाको स्मरणमा यो दिवस घोषणा गरिएको हो ।
काठमाण्डौ, १३ भाद्र । विश्वभर आज अन्तर्राष्ट्रिय आणविक परीक्षणविरुद्ध दिवस मनाइँदैछ । सन् १९४५ जुलाई १६ मा पहिलो आणविक परीक्षण भएयता विश्वमा दुई हजारभन्दा बढी आणविक परीक्षण भइसकेका छन् ।
आणविक परीक्षणबाट मानव स्वास्थ्य, वातावरण र भावी पुस्तामा पर्ने गम्भीर असरबारे जनचेतना फैलाउने उद्देश्यले हरेक वर्ष अगस्ट २९ मा यो दिवस मनाइन्छ । संयुक्त राष्ट्र संघको महासभाले सन् २००९ मा अगस्ट २९ लाई आणविक परीक्षणविरुद्धको अन्तर्राष्ट्रिय दिवस घोषणा गरेको थियो ।
काजाखस्तानमा रहेको सेमिपालाटिन्स्क आणविक परीक्षणस्थल सन् १९९१ अगस्ट २९ मा बन्द गरिएको घटनाको स्मरणमा यो दिवस घोषणा गरिएको हो ।
आणविक परीक्षण अन्त्य गर्ने उद्देश्यले सन् १९९६ मा व्यापक आणविक परीक्षण प्रतिबन्ध सन्धि पारित भए पनि यो अझै पूर्ण रूपमा कार्यान्वयनमा आउन सकेको छैन । संयुक्त राष्ट्र संघले आणविक परीक्षण अन्त्य गर्दै विश्वलाई आणविक हतियारमुक्त बनाउन अन्तर्राष्ट्रिय समुदायलाई निरन्तर प्रयास गर्न आह्वान गर्दै आएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।