- शुक्रबार लगातार तेस्रो दिन लेहमा कर्फ्यू लगाइएको छ भने स्कूल र कलेजहरू भोलिसम्म बन्द छन् ।
काठमाडौँ: भारतको लद्दाखमा भएको हिंसापछि सामाजिक अभियन्ता सोनम वाङचुकलाई पक्राउ गरिएको छ । लेहमा दुई दिन अघि भएको हिंसाको लागि वाङचुकलाई जिम्मेवार ठहराइएको छ ।
सेप्टेम्बर २४ मा लद्दाखको राजधानी लेहमा पूर्ण राज्यको मान्यता र छैटौं अनुसूचीमा समावेशको माग गर्दै हिंसा भड्किएको थियो ।
प्रहरीसँगको हिंसात्मक झडपमा चार युवाको मृत्यु भएको थियो । ४० प्रहरीसहित ८० जना घाइते भएका थिए । ६० जना अभियुक्त पक्राउ परेका छन् । शुक्रबार लगातार तेस्रो दिन लेहमा कर्फ्यू लगाइएको छ भने स्कूल र कलेजहरू भोलिसम्म बन्द छन् ।
यस घटनामा दोषी ठहर गर्दै वाङचुकको गैरसरकारी संस्थाको विदेशी कोष लाइसेन्स खारेज गरिएको छ । यसैबीच, गृह मन्त्रालयले लेह हिंसाको लागि वाङचुकलाई जिम्मेवार ठहराएको छ । बिहीबार, मन्त्रालयले वाङचुकको संस्था, स्टुडेन्ट्स एजुकेशनल एण्ड कल्चरल मुभमेन्ट अफ लद्दाखको विदेशी कोष लाइसेन्स खारेज गरेको थियो ।
गैरसरकारी संस्थाहरूले विदेशी अनुदान वा चन्दा प्राप्त गर्न विदेशी योगदान (नियमन) ऐन अन्तर्गत दर्ता गर्नुपर्नेछ । मन्त्रालयको निर्देशनमा, सीबीआई टोलीले विदेशी कोषको अनुसन्धान गरिरहेको थियो र संस्थाले कोषको दुरुपयोग गरेको पत्ता लगाएको थियो ।
सीबीआईले वाङचुकको स्वामित्वमा रहेको अर्को एनजीओ, हिमालयन इन्स्टिच्युट अफ अल्टरनेटिभ्स लद्दाखमा पनि विदेशी कोष मुद्दामा अनुसन्धान सुरु गरेको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’