प्यालेस्टाइनलाई राज्यको मान्यता हमासको क्रूरताको पुरस्कार हो- ट्रम्प
२०८२ असोज ०८ बुधवार
- ट्रम्पले शान्ति चाहनेहरूले एउटै सन्देशको पछाडि एकताबद्ध हुनुपर्ने बताउदै अब बन्धकहरूलाई रिहा गर्न हमासलाई आग्रह गरेका थिए ।
एजेन्सी, ८ असोज । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजामा युद्धविराम गराउने प्रयासमा आफू संलग्न रहेको बताएका छन् र वार्ता गर्ने पक्षहरूले यसलाई सम्भव बनाउनुपर्ने बताएका छन् ।
संयुक्त राष्ट्र महासभालाई सम्बोधन गर्दै ट्रम्पले धेरै शक्तिशाली देशहरूले हालै प्यालेस्टाइनलाई एक राज्यको रूपमा मान्यता दिएको प्रसंग उल्लेख गर्दै यो हमासको क्रूरताको लागि पुरस्कार हुने टिप्पणी गरेका छन् ।
ट्रम्पले शान्ति चाहनेहरूले एउटै सन्देशको पछाडि एकताबद्ध हुनुपर्ने बताउदै अब बन्धकहरूलाई रिहा गर्न हमासलाई आग्रह गरेका थिए ।
उनले संयुक्त राष्ट्र संघको पनि आलोचना गर्दै युद्ध रोक्न वार्ताको क्रममा संयुक्त राष्ट्र संघ आफुहरुको साथमा नरहेको बताए । उनले संयुक्त राष्ट्र संघको उद्देश्य के हो ? भनेर प्रश्न पनि गरेका थिए ।
ट्रम्पले संयुक्त राष्ट्र महासभाको ८० औं सत्रको लागि भेला भएका विश्व नेताहरूलाई आफ्नो युद्ध रोक्ने दाबी दोहोर्याए । उनले भने- 'केवल सात महिनामा, मैले सात कहिल्यै नसकिने युद्धहरू रोकें । यी मध्ये दुई ३१ वर्षदेखि चलिरहेका थिए । एउटा ३६ वर्षदेखि चलिरहेको थियो । एउटा २८ वर्षदेखि चलिरहेको थियो । यसमा थाइल्याण्ड र कम्बोडिया, कोसोभो र सर्बिया, कंगो र रुवान्डा, पाकिस्तान र भारत, इजरायल-इरान, इजिप्ट र इथियोपिया, र आर्मेनिया-अजरबैजान समावेश छन् ।'
ट्रम्पले राष्ट्र संघले आफ्नो क्षमतामा पुग्न नसकेको भन्दै आलोचना गरेका थिए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।