- सी जिनपिङले सो अवसरमा अमेरिकाले एकतर्फी व्यापार प्रतिबन्धहरूबाट बच्नुपर्ने र टिकटकको निष्पक्ष समाधानलाई प्रवर्द्धन गर्नुपर्नेमा जोड दिएको उल्लेख गरेको छ ।
काठमाडौँ, ४ असोज । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङले फोनमा कुराकानी गरेका छन् ।
ट्रम्पले सी जिनपीङसँग कुराकानी गरेको जानकारी दिदै व्यापार, फेन्टानिल, रूस-युक्रेन युद्ध अन्त्य गर्ने आवश्यकता र टिकटक सम्झौताको अनुमोदन सहित धेरै महत्त्वपूर्ण मुद्दाहरूमा छलफल गरेको बताएका छन् ।
उनले भनेका छन्- 'मैले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग उत्पादक कुराकानी पूरा गरेको छु । हामीले व्यापार, फेन्टानिल, रूस-युक्रेन युद्ध अन्त्य गर्ने आवश्यकता र टिकटक सम्झौताको अनुमोदन सहित धेरै महत्त्वपूर्ण मुद्दाहरूमा प्रगति गरेका छौं ।'
उनले अगाडी भनेका छन्- 'म राष्ट्रपति सीसँग पनि सहमत छु कि हामी दक्षिण कोरियामा हुने एपेक शिखर सम्मेलनमा भेट्नेछौं । म अर्को वर्षको सुरुमा चीनको भ्रमण गर्नेछु, र राष्ट्रपति सीले पनि उचित समयमा संयुक्त राज्य अमेरिकाको भ्रमण गर्नेछन् । यो धेरै राम्रो कुराकानी थियो । हामी फेरि फोनबाट कुरा गर्नेछौं । टिकटक स्वीकृतिको लागि धन्यवाद र हामी दुवै एपेकमा भेट्न तत्पर छौं ।'
त्यस्तै ट्रम्पसँगको कुराकानी पछि चीनले राष्ट्रपति सी जिनपिङले चीन र संयुक्त राज्य अमेरिका सँगै प्रगति गर्न र विश्वमा शान्ति ल्याउन सक्छन् भन्ने कुरामा जोड दिएको तर यसका लागि पारस्परिक सम्मान र सहयोग आवश्यक रहेको बताएको उल्लेख गरेको छ ।
सी जिनपिङले सो अवसरमा अमेरिकाले एकतर्फी व्यापार प्रतिबन्धहरूबाट बच्नुपर्ने र टिकटकको निष्पक्ष समाधानलाई प्रवर्द्धन गर्नुपर्नेमा जोड दिएको उल्लेख गरेको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
परराष्ट्रमन्त्री शिशिर खनाल र पाकिस्तानी राजदूतबीच भेटवार्ता
-
नेप्सेमा सामान्य वृद्धि, ४ अर्ब ७१ करोडको कारोबार
-
विदेशी मुद्रा सञ्चिति ४० खर्ब ६५ अर्ब पुग्यो, १८७ अर्बको शोधनान्तर बचत
-
दुई महिनामा निर्यात ६१.९ प्रतिशत बढ्यो, व्यापार घाटा ३ खर्ब २४ अर्ब
-
दुई महिनामा ४ खर्ब ३६ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रियो
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’