गाजामा इजरायलको भिषण आक्रमण: तीन दिनमा चार लाखले छोडे घर
२०८२ असोज ०४ शनिवार
- यसको शुरुवात भने आतङ्ककारी समुह हमासले निर्दोष इजरायली जनता मारेपछि भएको थियो ।
काठमाडौँ, ४ असोज । इजरायली सेनाले गाजा शहरमा आक्रमण लगातार आक्रमण गरेको छ गर्यो, जसले गर्दा ठुलो विनाश निम्त्याएको छ । यस अवधिमा १५० हवाई हमला र ट्याङ्क आक्रमण गरिएको मिडिया रिपोर्टमा उल्लेख छ । यसको शुरुवात भने आतङ्ककारी समुह हमासले निर्दोष इजरायली जनता मारेपछि भएको थियो ।
पछिल्लो आक्रमणबाट १० लाख जनसंख्या भएको गाजा शहरबाट चार लाख प्यालेस्टिनीहरू भाग्न बाध्य भएको बताइएको छ । त्यस्तै गाजामा कुपोषणका कारण पछिल्लो २४ घण्टामा चार जनाको मृत्यु भएको छ । योसँगै गाजामा भोकमरीका कारण मृत्यु हुनेको संख्या अहिले ४३५ पुगेको छ, जसमा १४७ बालबालिका पनि छन् । हमास-इजरायल युद्ध सुरु भएदेखि, गाजामा ६५ हजर १४१ प्यालेस्टिनी नागरिकको मृत्यु भएको छ । त्यस्तै इजरायली सेनाले बिहीबार दक्षिणी गाजा पट्टीमा आफ्ना चार सैनिक मारिएको बताएको छ ।
इजरायलका अर्थमन्त्री, मजालेल स्मोट्रिचले तेल अभिभमा आयोजित एक सम्मेलनमा भने- 'गाजा एक घर जग्गाको धन हो । हामीसँग यसलाई विकास गर्ने व्यावसायिक योजना छ । यसका लागि, हामी यसलाई कसरी वितरण गर्ने र यसको फाइदा कसरी लिने भन्ने बारेमा अमेरिकासँग कुरा गरिरहेका छौं ।'
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत
-
२४ घण्टामा देशभर सवारी दुर्घटनामा १४ को मृत्यु, १९१ जना घाइते
-
अमेरिकाले युद्धमा हस्तक्षेप गरे पीडादायी जवाफ दिने हुथी समूहको चेतावनी
-
बागमती प्रदेशको आर्थिक वृद्धिदर ५.४ प्रतिशत, कृषि उत्पादनमा ७.८ प्रतिशतले गिरावट
-
काठमाडौँ महानगरमा ‘पुस्तकरहित शुक्रबार’ सञ्चालन मार्गदर्शन स्वीकृत
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’