अमेरिकाको पेन्सिलभेनियामा गोली चल्यो, तीन प्रहरीसहित चार जनाको मृत्यु

२०८२ असोज ०२ बिहीवार
सारांश
  • पेन्सिलभेनिया राज्यका प्रहरी आयुक्त कर्नल क्रिस्टोफर पेरिसले प्रहरीको जवाफी कारबाहीमा बन्दुकधारीको मृत्यु भएको बताएका छन् ।

एजेन्सी, २ असोज । अमेरिकाको पेन्सिलभेनियामा भएको गोलीकाण्डमा तीन प्रहरी अधिकारीसहित चार जनाको मृत्यु भएको छ भने दुई गम्भीर घाइते भएका छन् ।

 

पेन्सिलभेनिया राज्यका प्रहरी आयुक्त कर्नल क्रिस्टोफर पेरिसले प्रहरीको जवाफी कारबाहीमा बन्दुकधारीको मृत्यु भएको बताएका छन् ।

 

यो घटना प्रहरीले एक घटनाको अनुसन्धान गरिरहेका बेला भएको बताएका छन् ।

 

गोलीकाण्डका कारण नजिकैको स्प्रिङ ग्रोभ क्षेत्र (लगभग २,५०० मानिसहरूको छिमेक) मा रहेका विद्यालयहरू अस्थायी रूपमा निलम्बित गरिएका छन् र विद्यार्थीहरूलाई सुरक्षित स्थानमा सारिएको छ ।

 

विद्यालय प्रशासनले पछि गोलीकाण्डले विद्यालयलाई असर नभएको बताएको छ ।

 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नयाँ बन्दरगाहको आकर्षण र पारवहन अर्थतन्त्रको यथार्थ

भारतसँगको व्यापारमा हाम्रो ढुवानी लागत बढ्नुको मुख्य कारण के हो भने, भारतभित्रको प्रक्रियामा हाम्रो कुनै नियन्त्रण छैन। पोर्टमा सामान थन्किने समय र कन्टेनर फर्कने समय अत्यन्तै लामो छ। कलकत्ता वा विशाखापट्टनमबाट दुई–तीन दिनमा आइपुग्नुपर्ने रेलको सामान २२ देखि ३५ दिनसम्म लगाएर नेपाल भित्रिन्छ।

थप समाचार