नेपाल र फ्रान्सपछि फिलिपिन्सका जनता भ्रष्टाचारको विरोधमा सडकमा

२०८२ भाद्र ३० सोमवार
सारांश
  • फिलिपिन्सका राष्ट्रपति फर्डिनान्ड मार्कोसले जनता रिसाएकोमा उनलाई कुनै आपत्ति नरहेको बताएका छन् ।

काठमाडौँ: नेपाल र फ्रान्सपछि अब फिलिपिन्सका जनता पनि सरकारविरुद्ध सडकमा निस्किएका छन् । राजधानी मनिला र अन्य शहरहरूमा हजारौं मानिसहरू बाढी नियन्त्रण परियोजनाहरूमा भएको ठूलो भ्रष्टाचारको विरोधमा प्रदर्शन गरिरहेका छन्।

 

पछिल्ला केही हप्तादेखि निरन्तर विरोध प्रदर्शनहरू भइरहेका छन्। आइतबार फिलिपिन्स विश्वविद्यालय क्याम्पसमा करिब ३००० विद्यार्थीहरूले मार्च निकालेका थिए । फिलिपिन्सका राष्ट्रपति फर्डिनान्ड मार्कोसले जनता रिसाएकोमा उनलाई कुनै आपत्ति नरहेको बताएका छन् ।

 

उनले यदि मानिसहरू रिसाएका छन्, निराश छन् र न्यायको माग गरिरहेका छन् भने यो पूर्णतया जायज रहेको उनले बताएका छन् ।

फिलिपिन्समा ३० सांसद र सार्वजनिक निर्माण विभागका अधिकारीहरूलाई घुस लिएको आरोप लगाइएको छ । यस घुस प्रकरणमा राष्ट्रपतिका काका र संसदका सभामुख मार्टिन रोमुआल्डेजको नाम पनि आएको छ । यद्यपि, उनले आरोपहरू अस्वीकार गरेका छन् ।

 

राष्ट्रपतिले सर्वोच्च अदालतका पूर्व न्यायाधीश एन्ड्रेस रेयेसको नेतृत्वमा तीन सदस्यीय अनुसन्धान आयोग गठन गरेका छन्। साथै, सार्वजनिक निर्माण विभागको प्रतिष्ठा बचाउन तीन अधिकारीहरूलाई पनि बर्खास्त गरिएको छ ।

 

अर्थ मन्त्रालयका अनुसार २०२३ देखि २०२५ सम्म बाढी नियन्त्रण परियोजनाहरूमा भएको भ्रष्टाचारले देशको अर्थतन्त्रमा लगभग २ अर्ब डलरको नोक्सान पुर्‍याएको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार