मोदीको अमेरिका भ्रमण रद्ध, राष्ट्र संघको महासभामा भाग नलिने

२०८२ भाद्र २१ शनिवार
सारांश
  • महासभाका लागि जारी गरिएको वक्ताहरूको अस्थायी सूची अनुसार, संयुक्त राष्ट्र संघको वार्षिक उच्चस्तरीय सत्रमा सामान्य बहसलाई सम्बोधन गर्ने सूचीमा मोदीको नाम उल्लेख छैन ।

काठमाडौँ: भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उनको अमेरिका भ्रमण स्थगित गरेका छन् ।

 

मिडिया रिपोर्टका अनुसार सेप्टेम्बरको अन्त्यतिर हुने संयुक्त राष्ट्र संघको महासभा बैठकमा भाग लिन मोदी अमेरिका नजाने भएका हुन् । भारतीय मिडियाहरुले मोदीको स्थानमा विदेशमन्त्री एस जयशंकरले भारतको प्रतिनिधित्व गर्न सक्ने उल्लेख गरेका छन् ।

 

महासभाका लागि जारी गरिएको वक्ताहरूको अस्थायी सूची अनुसार, संयुक्त राष्ट्र संघको वार्षिक उच्चस्तरीय सत्रमा सामान्य बहसलाई सम्बोधन गर्ने सूचीमा मोदीको नाम उल्लेख छैन ।

 

संयुक्त राष्ट्र संघको ८०औं महासभा सेप्टेम्बर ९ मा सुरु हुदैछ । उच्चस्तरीय सामान्य बहस सेप्टेम्बर २३ देखि २९ सम्म चल्नेछ, परम्परागत रूपमा ब्राजिल यस सत्रको पहिलो वक्ता हुनेछ, त्यसपछि अमेरिका रहेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सेप्टेम्बर २३ मा विश्व नेताहरूलाई सम्बोधन गर्ने सूची रहेको छ । ह्वाइट हाउसमा आफ्नो दोस्रो कार्यकालमा संयुक्त राष्ट्र संघको सत्रमा यो उनको पहिलो सम्बोधन हुनेछ ।

 

यसअघि जुलाईमा जारी गरिएको वक्ताहरूको अघिल्लो अस्थायी सूची अनुसार, मोदीले सेप्टेम्बर २६ मा सम्बोधन गर्ने उल्लेख थियो तर अहिले मोदीको नाम हटाइएको छ ।

 

मोदी राष्ट्र संघको सभामा नजाने निर्णयलाई पछिल्लो समय अमेरिका र भारतबीच जारी कर तनावसँग जोडेर हेरिएको छ । अमेरिकाले भारतमाथि५० प्रतिशत कर लगाएपछि दुवै देशको सम्बन्ध अहिलेसम्मकै खराब अवस्थामा पुगेको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार