भारत र अमेरिकाको सम्बन्ध बिग्रिदै, ट्रम्पको भ्रमण स्थगित !
२०८२ भाद्र १५ आइतवार
- न्यूयोर्क टाइम्सले मोदीले 'सच्चा साथी' भनेका ट्रम्पको अब उनीसँग सम्बन्ध बिग्रिएको दाबि गर्दै यस वर्षको अन्त्यमा क्वाड शिखर सम्मेलनमा भाग लिन भारत आउने बताएका ट्रम्प अब नआउने भएका हुन् ।
काठमाडौँ : भारत र अमेरिकाको सम्बन्ध दिनप्रतिदिन खराब हुदै गइरहेको देखिएको छ । अमेरिकाले भारतलाई ५० प्रतिशत कर लगाएर शुरु भएको खराब सम्बन्धको शुरुवातसँगै अब राष्ट्रपति डोनाल्ड ट्रम्पले यस बर्षको अन्त्यमा हुने भारत भ्रमण स्थगित गरेका छन् ।
न्यूयोर्क टाइम्सले मोदीले 'सच्चा साथी' भनेका ट्रम्पको अब उनीसँग सम्बन्ध बिग्रिएको दाबि गर्दै यस वर्षको अन्त्यमा क्वाड शिखर सम्मेलनमा भाग लिन भारत आउने बताएका ट्रम्प अब नआउने भएका हुन् ।
कर लगाएपछि भारतमा ट्रम्पको विरुद्धमा अब नकारात्मक वातावरण सिर्जना भएको छ । गत हप्ता, महाराष्ट्रमा एक उत्सवको क्रममा, उनको एउटा विशाल पुतला घुमाइएको थियो, जसमा उनलाई 'पिठ्युँमा छुरा प्रहार गर्ने' व्यक्तिको रूपमा देखाइएको थियो । अमेरिकाले चालेका कडा कदमहरूलाई भारतमा पूर्ण रूपमा धम्की अर्थात् 'गुण्डागिरी' भनिरहेका छन् ।
न्यूयोर्क टाइम्सको रिपोर्टका अनुसार, भारत र अमेरिकाबीचको तनावको वास्तविक कारण ट्रम्पको नोबेल पुरस्कारको चाहना भएको समेत दाबी गरिएको छ । रिपोर्टमा ट्रम्पले जुन १७ मा प्रधानमन्त्री मोदीसँग फोनमा कुराकानी गरेका थिए । यस क्रममा ट्रम्पले भारत र पाकिस्तानबीच युद्धविराम ल्याउनमा आफूले गर्व गरेको बताएका थिए ।
यसपछि, ट्रम्पले मोदीलाई पाकिस्तानले नोबेल पुरस्कारको लागि मनोनयन गर्ने बताए । ट्रम्पले अप्रत्यक्ष रूपमा भारतलाई पनि त्यस्तै गर्न आग्रह गरे तर मोदीले ट्रम्पको यस प्रस्तावलाई नजरअन्दाज गरिदिए । मोदीले ट्रम्पलाई स्पष्ट रूपमा भारत र पाकिस्तानबीचको युद्धविरामसँग अमेरिकाको कुनै सरोकार नभएको र यो भारत र पाकिस्तानबीच प्रत्यक्ष रूपमा भएको बताए । मोदीले भारतको संसदमा पनि पाकिस्तानसँगको अप्रेशन सिन्दुर रोकिनुमा अमेरिकाको भूमिकालाई खारेज गरेका थिए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।