रणनीतिक र आर्थिक साझेदारी सुदृढ गर्न जापान पुगे मोदी

२०८२ भाद्र १३ शुक्रवार
सारांश
  • भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जापान पुगेका छन् । प्रधानमन्त्रीको रूपमा यो मोदीको ८औं जापान भ्रमण हो ।

एजेन्सी, १३ भाद्र । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जापान पुगेका छन् । प्रधानमन्त्रीको रूपमा यो मोदीको ८औं जापान भ्रमण हो । टोकियोको एक होटलमा स्थानीय कलाकारहरूले गायत्री मन्त्रसहित उनको स्वागत गरेका थिए ।

 

प्रधानमन्त्री मोदीले यस भ्रमणका क्रममा १५औं भारत-जापान वार्षिक शिखर सम्मेलनमा भाग लिने भारतीय मिडियाहरुले उल्लेख गरेकाछन् । यस सम्मेलनमा दुई देशहरू बीचको रणनीतिक र आर्थिक साझेदारीलाई अझ सुदृढ पार्ने बारेमा छलफल हुने बताइएको छ ।

 

जापान प्रस्थान गर्नुअघि मोदीले सामाजिक सञ्जालमा यो भ्रमणको उद्देश्य भारत र जापान बीचको विशेष रणनीतिक र विश्वव्यापी साझेदारीलाई सुदृढ पार्नु रहेको बताएका छन् । मोदी जापान पछि, उनी अगस्ट ३१ मा चीन पुग्ने कार्यक्रम रहेको छ ।

 

मोदीले वार्षिक सम्मेलनको क्रममा प्रधानमन्त्री शिगेरु इशिबासँग सुरक्षा, रक्षा, व्यापार र प्रविधि जस्ता मुद्दाहरूमा छलफल गर्नेछन् । अगस्ट ३० मा, मोदीले जापानको मियागीमा रहेको कारखानाको पनि भ्रमण गर्नेछन्, जहाँ बुलेट ट्रेनका कोचहरू बनाइन्छ । जापानी मिडियाका अनुसार यस भ्रमणको क्रममा जापानले भारतमा १० ट्रिलियन येन लगानी घोषणा गर्ने भएको छ ।

 

ट्रम्पले भारतमा ५० प्रतिशत कर लगाउने निर्णय गरेपछि, मोदीको यो भ्रमण भारतको रणनीतिक र आर्थिक साझेदारीलाई सुदृढ पार्ने सन्दर्भमा महत्त्वपूर्ण मानिएको छ ।

जापानी मिडिया रिपोर्टका अनुसार, टोकियोले आगामी १० वर्षमा भारतमा निजी क्षेत्रको लगानी दोब्बर गरेर लगभग १० ट्रिलियन येन (लगभग ६८ अर्ब डलर) पुर्‍याउने लक्ष्य राख्न राखेको बताइएको छ ।

 

पूर्वाधार बाहेक, यो लगानी भविष्यको अर्थतन्त्रसँग सम्बन्धित क्षेत्रहरू जस्तै अर्धचालक, हरित ऊर्जा, औषधि, कृत्रिम बुद्धिमत्ता र महत्त्वपूर्ण खनिजहरूमा पनि केन्द्रित हुने बताइएको छ ।

 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार