उपराष्ट्रपतिका लागि एनडीएका उम्मेदवार बने महाराष्ट्रका राज्यपाल सीपी राधाकृष्णन
२०८२ भाद्र ०२ सोमवार
- हाल महाराष्ट्रका राज्यपालको जिम्मेवारीमा रहेका राधाकृष्णनलाई उपराष्ट्रपति पदका लागि एनडीएको तर्फबाट आधिकारिक उम्मेदवार घोषणा गरिएको हो ।
काठमाडौं: भारतीय जनता पार्टी (भाजपा) नेतृत्वको राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडीए) ले भारतको आगामी उपराष्ट्रपति पदका लागि सीपी राधाकृष्णनलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
हाल महाराष्ट्रका राज्यपालको जिम्मेवारीमा रहेका राधाकृष्णनलाई उपराष्ट्रपति पदका लागि एनडीएको तर्फबाट आधिकारिक उम्मेदवार घोषणा गरिएको हो ।
उक्त निर्णय सत्तारुढ गठबन्धनले प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थितिमा बसेको संसदीय बोर्डको बैठकमार्फत सर्वसम्मत रुपमा गरेको भारतीय जनता पार्टीका अध्यक्ष तथा केन्द्रीय मन्त्री जेपी नड्डाले जानकारी दिएका छन् ।
प्रेस सम्मेलनमार्फत जानकारी दिँदै नड्डाले राधाकृष्णनको दीर्घ राजनीतिक अनुभव र राष्ट्रप्रति समर्पणलाई ध्यानमा राख्दै उनी उपराष्ट्रपति पदका लागि उपयुक्त उम्मेदवार हुने विश्वास व्यक्त गरे ।
राधाकृष्णन दक्षिण भारतीय राज्य तमिलनाडुबाट राजनीतिमा सक्रिय रहँदै आएका नेता हुन् । उनी भाजपा संगठनसँग लामो समयदेखि आवद्ध रहँदै आएका छन् र अघिल्लो कार्यकालमा सांसदको भूमिका समेत निर्वाह गरिसकेका छन् ।
भारतमा उपराष्ट्रपति चुनावको मिति तय भइसकेको छैन तर आगामी केही हप्ताभित्र चुनाव प्रक्रिया सुरु हुने अनुमान गरिएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।