जुकरबर्गको एक अर्ब डलरको प्रस्ताव अस्वीकार गर्ने मीरा मुरती

१७ श्रावण, २०८२, शनिवार
सारांश
  • मीरा मुरतीले आफुले शुरु गरिरहेको स्टार्टअप छोड्न नचाहेको बताउदै जुकरबर्गको अफर अस्वीकार गरेको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ ।

काठमाडौँ, १७ श्रावण । एआईको क्रेज देखेर मेटाका सीईओ मार्क जुकरबर्ग केही समयदेखि यसमा लगानी गरिरहेका छन् । जुकरबर्गले आफ्नो नयाँ एआई डिपार्टमेन्ट सुपरइन्टेलिजेन्स ल्याबको लागि धेरै अनुभवी र विज्ञहरूलाई नियुक्त गरेका छन् । उनले अमेरिकी एआई स्टार्टअप थिङ्किङ मेसिन ल्याबकी फाउन्डर  मीरा मुरतीलाई १ अर्ब डलरको प्रस्ताव गरेका थिए, तर उनले त्यो प्रस्ताव अस्वीकार गरेको विषय अहिले विश्वव्यापी रुपमा चर्चामा रहेको छ ।

 

मीरा मुरतीले आफुले शुरु गरिरहेको स्टार्टअप छोड्न नचाहेको बताउदै जुकरबर्गको अफर अस्वीकार गरेको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ । मीरा मुरती यसअघि ओपनएआईकी प्रमुख प्रविधि अधिकृत (सीटीओ) पनि रहेकी छिन् । च्याटजिपिटीको शुरु गर्न मीराको महत्वपूर्ण भूमिका रहेको बताइन्छ ।  

 

मीरा मुरती ओपनएआईकी पूर्व सीईओ हुन् । ३६ वर्षीया मीराले लगभग १० वर्षदेखि प्रविधि बजारमा काम गरिरहेकी छिन् । लगभग एक वर्ष अघि, मीराले थिङ्किङ मेसिन ल्याब नामक आफ्नै स्टार्टअप सुरु गरेकी थिइन् । यसअघि, मीरा अल्बेनियन इन्जिनियर र डाल-ई जस्ता कम्पनीहरूमा टोली नेतृत्व गरिसकेकी छिन् । मीराले टेस्ला मोटर्समा मोडेल एक्स सवारी साधन उत्पादनहरू डिजाइन, विकास र सुरुवात गरेकी थिइन् ।

 

ओपनएआईका सीईओ साम अल्टम्यानको नेतृत्व गुणस्तरमाथि प्रश्न उठाएपछि मीरा मुरती पनि चर्चामा आइन् । नोभेम्बर २०२३ मा, साम अल्टम्यानलाई कम्पनीबाट हटाइयो । यसपछि, मीरा कम्पनीको अन्तरिम सीईओ बनिन् । तर केही समय पछि अल्टम्यान फर्किए र मीरा मुरतीले सेप्टेम्बर २०२४ मा ओपनएआई छोडिन । उनले थिंकिङ मेशिन्स ल्याब नामक आफ्नै स्टार्टअप शुरु गरिन् । मुरतिले हालै थिंकिङ मेशिन्स ल्याबका लागि १२ अर्ब डलरको कम्पनीको भ्यालुएसनमा २ अर्ब डलरको लगानी समेत भित्र्याएको थियो। मिराले गत फेब्रुअरीमा मात्र यो कम्पनिको शुरुवात गरेकी थिइन् ।

 

टाइम पत्रिकाले २०२४ मा मीरा मुरतीलाई एआईको क्षेत्रका १०० प्रभावशाली व्यक्तिहरूमा समावेश गरेको थियो । २०२३ को सुरुमा, फर्च्यूनले मीरालाई १०० सबैभन्दा शक्तिशाली महिला व्यवसायीहरूको सूचीमा समावेश गरेको थियो । मीरा मुरतीले डार्टमाउथ कलेजबाट मेकानिकल इन्जिनियरिङमा स्नातक गरेकी छिन् । उनले कोल्बी कलेजबाट गणितमा स्नातक पनि गरेकी छिन् ।

 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार