इजरायल द्वारा सिरियाली राष्ट्रपति दरबार क्षेत्रमा आक्रमण

२०८२ साउन १ विहिवार
सारांश
  • आईडीएफले यो पनि भन्यो कि सिरियाली शासनले दक्षिणी सिरियाको स्वेइदा क्षेत्रमा अपरेशन कमान्ड गर्न र सेना तैनाथ गर्न मुख्यालय प्रयोग ग¥यो ।

काठमाडौं: इजरायली युद्धक विमानहरूले बुधबार दक्षिणी सिरियाभरि आफ्नो हवाई आक्रमण अभियान तीव्र पारेका छन् । सोहि क्रममा इजरायली सेनाले सिरियाली सेनाको जनरल कमान्ड मुख्यालय र मध्य दमास्कसमा रहेको राष्ट्रपति दरबार क्षेत्रमा आक्रमण गरेको हो ।


सिरियाली स्वास्थ्य अधिकारीहरूका अनुसार दमास्कसमा भएको आक्रमणमापरी कम्तिमा तीन जना नागरिकको मृत्यु भएको छ भने अन्य ३४ जना घाइते भएका छन् । चाइना सेन्ट्रल टेलिभिजन (सीसीटिभि) का रिपोर्टर रान्ड शुक्रीले आक्रमणपछिको दृश्यको अभिलेख राख्दै सैन्य मुख्यालयबाट निस्केको धुवाँको भिडियो कैद गरेका छन् ।


“हामी अहिले दमास्कसको उम्मेयाद स्क्वायरमा छौं । मेरो पछाडि सिरियाली सेनाको जनरल कमान्ड र रक्षा मन्त्रालयका भवनहरू छन् । जुन इजरायली युद्धक विमानहरूले प्रहार गरेका थिए । तपाईंले देख्न सक्नुहुन्छ, उम्मेयाद स्क्वायरमा ट्राफिक सामान्य भन्दा धेरै हल्का छ, किनकि सुरक्षा बलहरूले बिस्तारै सडकहरू अवरुद्ध गरिरहेका छन्,“ रान्ड शुक्रीले भने ।


इजरायली रक्षा बल (आइडिएफ) ले त्यस दिन एक विज्ञप्ति जारी गर्दै दमास्कसमा सिरियाली शासनको सैन्य केन्द्रहरूमा आक्रमण सुरु गरेको पुष्टि ग¥यो । विज्ञप्तिमा उल्लेख गरिएको छ कि दिउँसो, आइडिएफले दमास्कसको सैन्य मुख्यालय र राष्ट्रपति दरबार नजिकैको एक सैन्य लक्ष्यमा हवाई आक्रमण गरेको थियो ।

 

आईडीएफले यो पनि भन्यो कि सिरियाली शासनले दक्षिणी सिरियाको स्वेइदा क्षेत्रमा अपरेशन कमान्ड गर्न र सेना तैनाथ गर्न मुख्यालय प्रयोग ग¥यो ।


चाइना ग्लोबल टेलिभिजन नेटवर्क (सीजीटिएन) का रिपोर्टर हैदर काजविनीले भने,“मेरो पछाडि सिरियाली रक्षा मन्त्रालयको भवन छ । आज इजरायली वायु सेनाले लगभगे तीन पटक प्रहार गरेको थियो । तीन दिन अघि सुरु भएको स्वेइदा शहरमा ड्रुज लडाकुहरू र सिरियाली सेना बीचको झडप पछि हामीले भवनबाट एम्बुलेन्सहरू भित्र र बाहिर निस्किरहेको सुन्यौं । त्यो हमला पछि धुवाँको धेरै ठूलो मुस्लो देखियो । इजरायलीहरूले गरेको पछिल्लो दुई हमलाका कारण भएको विस्फोटको आवाज पहिलो भन्दा ठूलो छ । अब हामी देख्न सक्छौं कि दमास्कस शहरका मानिसहरूमा डर र चिन्ताको अवस्था फैलिएको छ । सडकहरू अब अलि खाली हुन थालेका छन किनकि मानिसहरू भाग्न खोजिरहेका छन । त्यो अवस्था र हमला जारी रहन सक्छ भन्ने डरले,“ काजविनीले भने ।


सिरियाको ड्रुज समुदायको केन्द्रबिन्दु स्वेइडामा सिरियाली सरकारी सेना र सशस्त्र ड्रुज समूहहरू बीचको युद्धविराम भङ्ग भएपछि यी हमलाहरू भएका हुन् ।
सीसीटिभि

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नयाँ बन्दरगाहको आकर्षण र पारवहन अर्थतन्त्रको यथार्थ

भारतसँगको व्यापारमा हाम्रो ढुवानी लागत बढ्नुको मुख्य कारण के हो भने, भारतभित्रको प्रक्रियामा हाम्रो कुनै नियन्त्रण छैन। पोर्टमा सामान थन्किने समय र कन्टेनर फर्कने समय अत्यन्तै लामो छ। कलकत्ता वा विशाखापट्टनमबाट दुई–तीन दिनमा आइपुग्नुपर्ने रेलको सामान २२ देखि ३५ दिनसम्म लगाएर नेपाल भित्रिन्छ।

थप समाचार