सिरियाको स्वेइदा प्रान्तमा जातीय झडप: ८९ जनाको मृत्यु

२०८२ असार ३० सोमवार
सारांश
  • हिंसा आइतबार सुरु भएको थियो, जब बेदुइन समूहले डामास्कस जाने राजमार्गमा एक ड्रुज तरकारी व्यापारीलाई अपहरण गरे । घटनाले प्रतिघातको रूप लिँदै अपहरणको श्रृङ्खला र त्यसपछिको सशस्त्र भिडन्तलाई निम्त्यायो ।

सिरियाको दक्षिणी स्वेइदा प्रान्तमा सुन्नी बेदुइन समुदाय र ड्रुज लडाकूहरूबीच जारी जातीय झडपमा कम्तीमा ८९ जनाको ज्यान गएको छ । मृतकमध्ये ४६ जना ड्रुज, १८ जना बेदुइन लडाकू, चार जना सर्वसाधारण र सात जना सैनिक पोशाकमा रहेका अज्ञात व्यक्ति रहेको सिरियाली मानव अधिकार निगरानी संस्थाले जनाएको छ ।

 

हिंसा आइतबार सुरु भएको थियो, जब बेदुइन समूहले डामास्कस जाने राजमार्गमा एक ड्रुज तरकारी व्यापारीलाई अपहरण गरे । घटनाले प्रतिघातको रूप लिँदै अपहरणको श्रृङ्खला र त्यसपछिको सशस्त्र भिडन्तलाई निम्त्यायो ।

 

झडप सोमबारसम्म जारी रहँदा गाउँहरूमा मोर्टार प्रहार भएको र दर्जनौँ मानिस घाइते भएको समाचार संस्था ‘स्वेइदा २४’ ले जनाएको छ । स्वेइदाको सडक सुनसान छन्, पसल बन्द छन् र अन्त्येष्टि समारोहको बीचमै गोली चलेको प्रत्यक्षदर्शीले बताएका छन् ।


५१ वर्षीय स्थानीय बासिन्दा अबु तयमले भने,“हामी अत्यधिक त्रासमा थियौं । गोला बारुद अनियमित रूपमा खसिरहेका थिए ।”

इजरायली सेनाले घटनालाई मध्यनजर गर्दै स्वेइदामा केही ट्याङ्कहरूमा आक्रमण गरेको दाबी गरेको छ, तर विस्तृत विवरण दिएको छैन ।
यहीबीच, सिरियाली सरकारका रक्षा र गृहमन्त्रालयले सेनाको परिचालन, सर्वसाधारणका लागि सुरक्षित मार्ग र हिंसा चाँडै अन्त्य गर्ने प्रतिबद्धता जनाएका छन् ।

 

स्वेइदाका आध्यात्मिक ड्रुज नेताहरूले स्थिति नियन्त्रण गर्न दमास्कसलाई हस्तक्षेप गर्न आग्रह गरेका छन् । तर प्रमुख धार्मिक नेता शेख हिक्मत अल–हिज्रीले सुरक्षा निकायको प्रवेश अस्वीकार गर्दै ‘अन्तर्राष्ट्रिय संरक्षण’ को माग गरे।

 

देशमा १४ वर्ष लामो युद्धपछि बनेको अन्तरिम सरकार नेतृत्वकर्ता अहमद अल–शराअका लागि यो अवस्था चुनौतीपूर्ण बनेको छ ।
शिक्षा मन्त्रालयले सोमबार स्वेइदा प्रान्तमा हुने भनिएका माध्यमिक तहका परीक्षा स्थगित गरेको छ ।

 

सिरियाको नागरिक युद्धअगाडि करिब सात लाख ड्रुज समुदाय रहेको अनुमान गरिएको थियो, जसको मुख्य बसोबास स्वेइदा प्रान्तमै छ । ड्रुज र बेदुइन समुदायबीचको पुरानै द्वन्द्वले यदाकदा हिंसात्मक रूप लिँदै आएको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार