इराकस्थित अमेरिकी सैन्य संरचनामा आक्रमण नगर्न तेहरानसँग बग्दादको आग्रह
२०८२ जेठ ३१ शनिवार
- अधिकारीका अनुसार तेहरानले बगदादको अनुरोधमा समझदारी देखाएको छ ।
इजरायल र इरानबीच झडप भइरहेका बेला बग्दादले तेहरानलाई इराकी भूमिमा अमेरिकी संरचनालाई निशाना नबनाउन आग्रह गरेको एक वरिष्ठ सुरक्षा अधिकारीले शनिबार बताएका छन् ।
बग्दादको सरकार तेहरानको नजिकको सहयोगी हो तर इरानको कट्टर शत्रु संयुक्त राज्य अमेरिकाको रणनीतिक साझेदार पनि हो । इराकमा लगभग दुई हजार ५०० अमेरिकी सैनिकहरू छन् ।
इराकी सरकारले तेहरानलाई आफ्नो क्षेत्रमा आक्रमण नगर्न आग्रह गरेको एक वरिष्ठ इराकी सुरक्षा अधिकारीले बताए ।
इरानलाई इराकमा निशाना नबनाउन अनुरोध गरिएको थियो । उनीहरूले हामीलाई सकारात्मक आश्वासन दिएका छन्,” संवेदनशील विषयमा बोल्ने अख्तियारप्राप्त व्यक्त आफू नभएको बताउँदै ती अधिकारीले भने ।
अधिकारीका अनुसार तेहरानले बगदादको अनुरोधमा समझदारी देखाएको छ ।
इरानमा रहेका सैन्य र आणविक स्थलहरूमा इजरायली आक्रमणको शृङ्खलासँगै शुक्रबार बिहान सुरु भएको वर्तमान तनावअघि तेहरानले वासिङ्टनसँगको आणविक वार्ताको सम्भावित असफलताका कारण उत्पन्न द्वन्द्वको स्थितिमा यस क्षेत्रमा रहेका अमेरिकी सेनाको सैन्य अखडामा आक्रमण गर्ने धम्की दिएको थियो।
सन् २०२३ को अक्टोबरमा सुरु भएको गाजा युद्धका क्रममा इरानसमर्थित प्यालेस्टिनी समूह हमासविरुद्ध इजरायललाई उभ्याइएको छ भने तेहरानसमर्थित सशस्त्र समूहले इराक र छिमेकी सिरियामा रहेका अमेरिकी सेनालाई लक्षित गरी दर्जनौँ रकेट र ड्रोन आक्रमण गरेका छन् ।
आक्रमणको लहर सुरु हुनुअघि संयुक्त राज्य अमेरिकाले बुधबार सुरक्षाको कारण देखाउँदै बग्दादस्थित आफ्नो दूतावासमा कर्मचारी कटौती गर्ने घोषणा गरेको थियो ।
शक्तिशाली कातेब हिजबुल्लाहले ‘यस क्षेत्र (इराक)मा थप युद्ध’ को चेतावनी दिएसँगै इराकमा रहेका इरान समर्थक धेरै समूहले शुक्रबार देशबाट अमेरिकी सेनाको बहिर्गमनलाई तीव्रता दिन आह्वान गरेका छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
चीनद्वारा बाढीपीडित नेपाललाई ३३ करोडभन्दा बढी नगद सहयोग
-
बाढी प्रभावित थप ७ स्थानमा नेपाल टेलिकमको सेवा सुचारु
-
विपद् व्यवस्थापनका लागि काठमाडौँ महानगरले हेल्प डेस्क सञ्चालनमा ल्यायो
-
कृष्णभीरमा सडक अवरुद्धपछि वैकल्पिक मार्गबाट काठमाडौँमा ग्यास आपूर्ति गर्दै निगम
-
कांग्रेसले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड सहयोग गर्ने
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।