एअर इन्डियाको विमान दुर्घटनामा २४१ जना निधन, एकमात्र जीवित

२०८२ जेठ ३० शुक्रवार
सारांश
  • एअर इन्डियाले एक विज्ञप्ति जारी गर्दै विमान दुर्घटना हुँदा एक मात्र यात्रु जीवित रहेको र अस्पतालमा उपचार भइरहेको बताएको छ । 
  • भयानक विमान दुर्घटनामा बाँच्न सफल ब्रिटिश नागरिक विश्वासकुमार रमेशलाई आफू कसरी बच्न सकेँ भनेर थाहा नभएको उनका आफन्तहरूले बताएका छन्् ।

काठमाडौं : भारतको अहमदावादमा बिहीबार भएको एअर इन्डियाको विमान दुर्घटनामा २४१ जना निधन भएको र एक जना जीवित रहेको एअर इन्डियाले जनाएको छ । 


एअर इन्डियाले एक विज्ञप्ति जारी गर्दै विमान दुर्घटना हुँदा एक मात्र यात्रु जीवित रहेको र अस्पतालमा उपचार भइरहेको बताएको छ । 
भयानक विमान दुर्घटनामा बाँच्न सफल ब्रिटिश नागरिक विश्वासकुमार रमेशलाई आफू कसरी बच्न सकेँ भनेर थाहा नभएको उनका आफन्तहरूले बताएका छन्् । 


विश्वास कुमार उक्त बोइङ् ७८७ उडानमा ११ ए अङ्कको सिटमा थिए । अहिले सामाजिक सञ्जालमा राखिएका भिडिओमा रमेश एम्बुलेन्सतर्फ हिँडिरहेको देखिन्छ, पछाडि धुवाँको मुस्लो छ ।


घाईते रमेशलाई भारतीय गृहमन्त्री अमित शाहले अस्पतालमा पुगी भेटेका छन् । 


भारतमा जन्मिएका उनी यूकेमा सन् २००३ देखि बस्दै आएका थिए । उनको पत्नी र चार वर्षीय एक छोरा छन् । 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार