गाजापट्टीमा ११ हजार बढी मानिसहरु अझै बेपत्ता, भग्नावशेषमा सयौं फसेको आशंका
९ बैसाख, २०८२, मंगलवार
- इजरायल–हमास द्वन्द्व सुरु भएदेखि युद्धग्रस्त गाजा पट्टीमा ११,००० भन्दा बढी मानिसहरू अझै पनि बेपत्ता रहेको पाइएको छ ।
एजेन्सी, ०९ वैशाख । इजरायल–हमास द्वन्द्व सुरु भएदेखि युद्धग्रस्त गाजा पट्टीमा ११,००० भन्दा बढी मानिसहरू अझै पनि बेपत्ता रहेको पाइएको छ । जसमध्ये धेरै भग्नावशेषमा फसेको वा बेपत्ता रहेको आशंका गरिएको छ।
गाजापट्टीमा भग्नावशेष हटाउन आवश्यक उपकरणहरूको गम्भीर अभाव समेत भइरहेको छ । धेरैजसो मेसिनरीहरू नष्ट भइसकेका छन् वा इन्धनको गम्भीर अभावका कारण काम गर्न नसकिने अवस्थामा छन्।
संयुक्त राष्ट्र संघका अनुसार, गाजामा लगभग ९२ प्रतिशत घरहरू(लगभग ४३६,००० घरहरू) इजरायली बमबारीबाट नष्ट भएका छन् । धेरै क्षतिग्रस्त भएका छन्।
संयुक्त राष्ट्रसंघको अनुमान अनुसार युद्धले छोडेको भग्नावशेषहरु अनुमानित ५ करोड टनभन्दा बढी छ । हटाउन दुई दशकभन्दा बढी समय लाग्न सक्छ ।
जारी द्वन्द्वका कारण अक्टोबर २०२३ देखि अप्रिल २०२५ सम्म ६२,००० भन्दा बढीको मृत्यु भएको छ। यी मध्ये ५१,०६५ शवहरू बरामद भएका छन् भने ११,००० भन्दा बढी व्यक्तिहरू बेपत्ता छन्।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
बाढी पिडितका लागि काठमाडौँ महानगरले साढे ४ करोड सहयोग दिने
-
परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङ यीबीच टेलिफोन वार्ता
-
चितवनमा भेटिएका पहिचान नखुलेका शवको जमिनमुनि व्यवस्थापन गर्न शुरु
-
१८७ जना विदेशी पर्यटकको उद्धार, अझै ४२० सम्पर्कविहिन
-
शशांकले भने- महाधिवेशनको कार्यतालिका यथाशीघ्र सार्वजनिक गर्छौँ
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।