चीनको स्मार्ट ब्याट्री विकासः अब विद्युतीय गाडी बढी दिगो र भरपर्दो हुने
८ बैसाख, २०८२, सोमवार
- चीनका वैज्ञानिकहरूले ’लिथियम ब्याट्री’ किन असफल हुन्छ भन्ने महत्वपूर्ण कारण पत्ता लगाएका छन्।
एजेन्सी, ०८ वैशाख । चीनका वैज्ञानिकहरूले ’लिथियम ब्याट्री’ किन असफल हुन्छ भन्ने महत्वपूर्ण कारण पत्ता लगाएका छन्। यो खोज विद्युतीय सवारीसाधनको क्षेत्रमा ठूलो योगदान पुऱ्याउन सक्ने विश्वास गरिएको छ ।
लिथियम ब्याट्री एक प्रकारको रिचार्जेबल (पुनः चार्ज गर्न मिल्ने) ब्याट्री हो, जसमा उर्जा सञ्चय र उपयोगका लागि लिथियम आयनहरूको प्रयोग गरिन्छ। यसमा दुईवटा इलेक्ट्रोडहरू (एनोड र क्याथोड) हुन्छन् र तिनीहरू बीच लिथियम आयनहरू चार्ज हुँदा एक दिशातर्फ र डिस्चार्ज हुँदा अर्को दिशातर्फ सर्छन्। लिथियम ब्याट्री हल्का, लामो समय टिक्ने, छिटो चार्ज हुने र उच्च उर्जा क्षमता भएको हुन्छ, जसले गर्दा यो मोबाइल, ल्यापटप, विद्युतीय गाडी तथा सौर्य उर्जा प्रणालीहरूमा व्यापक रूपमा प्रयोग गरिन्छ ।
हाल चीन लिथियम ब्याट्री उत्पादन र प्रविधिमा अग्रणी राष्ट्र बनेको छ। जापान र कोरियाजस्ता देशहरूसँग नयाँ ब्याट्री प्रविधिमा मित्रवत प्रतिस्पर्धा गर्दै, चीनले थप प्रगति गरिरहेको छ ।
ब्याट्री बिग्रनुको कारण
सामान्य ब्याट्रीमा झोल पदार्थ प्रयोग हुने भए तापनि, लिथियम ब्याट्रीमा कडा पदार्थ प्रयोग हुन्छ। चार्ज गर्ने क्रममा लिथियम फैलिँदा र खुम्चिँदा यस्तो ठोस पदार्थमा चिरा पर्न सक्छ, जसले ब्याट्रीलाई असर पुऱ्याउँछ ।
टोङ्जी विश्वविद्यालय र हुआझोङ विज्ञान तथा प्रविधि विश्वविद्यालयका वैज्ञानिकहरूले अनुसन्धानमार्फत लिथियम धातु बारम्बार प्रयोग हुँदा कमजोर बन्न सक्ने पत्ता लगाएका छन्, जसले ब्याट्री बिग्रन सक्छ ।
यस अध्ययनलाई साइन्स नामक अन्तर्राष्ट्रिय वैज्ञानिक पत्रिकामा प्रकाशित गरिएको छ। यसले ब्याट्रीको आयु अनुमान गर्न मद्दत पुऱ्याउने विश्वास गरिएको छ ।
भविष्यका लागि सकारात्मक सङ्केत
यस्तो ब्याट्रीहरू परम्परागत ब्याट्रीभन्दा धेरै ऊर्जा संचित गर्न सक्ने, सानो आकारको, सुरक्षित र दीर्घकालीन हुने भएकाले आगामी दिनमा यसको प्रयोग व्यापक रूपमा बढ्ने अपेक्षा गरिएको छ ।
चिनियाँ वैज्ञानिक टोली र अग्रणी कम्पनीहरूबीच सहकार्य हुँदै गएको छ । कतिपय कम्पनीहरूले सन् २०२७ भित्र सानो स्तरमा उत्पादन सुरु गर्ने योजना बनाएका छन् भने सन् २०३० तिर यसको व्यापक प्रयोग हुने सम्भावना रहेको बताइएको छ ।
चीनसँग बलियो उत्पादन क्षमतासहितको बजार, वैज्ञानिक स्रोत र प्रविधि उपलब्ध भएकाले यस्तो नयाँ प्रविधिमा अझ राम्रो प्रगति हासिल हुने विश्वास विज्ञहरूले व्यक्त गरेका छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।