रुस र युक्रेन युद्धः युक्रेनी बस्ती कब्जा गरेको रुसको दाबी

२९ चैत्र, २०८१, शुक्रवार
सारांश
  • सोही दिन, युक्रेनी सशस्त्र बलका जनरल स्टाफले विगत २४ घण्टामा अग्रपंक्ति क्षेत्रहरूमा १४९ झडप भएको जनाएको छ ।

एजेन्सी, २९ चैत । रुसले बिहीबार आफ्नो सेनाले युक्रेनको एउटा बस्ती नियन्त्रणमा लिएको जनाएको छ । त्यस्तै युक्रेनले सोही दिन धेरै रुसी आक्रमणहरूलाई विफल पारेको दाबी पनि गरेको छ ।

 

बिहीबारको आफ्नो दैनिक ब्रिफिङका क्रममा रूसी रक्षा मन्त्रालयले रूसी सेनाले युक्रेनका धेरै सैन्य विमानस्थलहरू, क्षेप्यास्त्र र तोपखाना डिपोहरूलाई लक्षित गरेको जनाएको छ । सो क्रममा २०० युक्रेनी ड्रोनहरू खसालेको दाबी मन्त्रालयको छ ।

मन्त्रालयले युक्रेनको सुमी ओब्लास्टमा रहेको झुराव्का बस्तीमा रुसी सेनाले नियन्त्रणमा लिएको जनाएको छ ।

 

सोही दिन, युक्रेनी सशस्त्र बलका जनरल स्टाफले विगत २४ घण्टामा अग्रपंक्ति क्षेत्रहरूमा १४९ झडप भएको जनाएको छ ।


कुस्र्क क्षेत्रमा, युक्रेनी सेनाले रुसी सेनाबाट १९ आक्रमणहरूलाई विफल बनाएको जनाएको छ भने रुसका विभिन्न क्षेत्रहरूमा रहेका ऊर्जा सुविधाहरूमा ११ आक्रमणहरू गरेको जनाएको छ ।
 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नयाँ बन्दरगाहको आकर्षण र पारवहन अर्थतन्त्रको यथार्थ

भारतसँगको व्यापारमा हाम्रो ढुवानी लागत बढ्नुको मुख्य कारण के हो भने, भारतभित्रको प्रक्रियामा हाम्रो कुनै नियन्त्रण छैन। पोर्टमा सामान थन्किने समय र कन्टेनर फर्कने समय अत्यन्तै लामो छ। कलकत्ता वा विशाखापट्टनमबाट दुई–तीन दिनमा आइपुग्नुपर्ने रेलको सामान २२ देखि ३५ दिनसम्म लगाएर नेपाल भित्रिन्छ।

थप समाचार