अमेरिका र रुसबीच युक्रेनबारे साउदी अरबमा वार्ता सुरु

२०८१ चैत्र ११ सोमवार
सारांश
  • दुवै पक्षले अस्थायी युद्धविरामका लागि फरक–फरक योजना अघि सारेका छन्, तर सीमापार आक्रमण भने जारी छ ।

वासिङ्टन र किएभका प्रतिनिधिहरूबीच छलफल भएको एक दिनपछि अमेरिकी र रुसी अधिकारीहरूले युक्रेन युद्धमा आंशिक युद्धविराम गर्ने विषयमा सोमबार साउदी अरबमा वार्ता सुरु गरेका छन् ।

 

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले तीन वर्षदेखि जारी युद्धको दूुत अन्त्यका लागि जोड दिइरहनुभएको छ र रियादमा हुने वार्ताले सफलताका लागि मार्ग प्रशस्त गर्ने आशा व्यक्त गरेका छन् ।  

 

दुवै पक्षले अस्थायी युद्धविरामका लागि फरक–फरक योजना अघि सारेका छन्, तर सीमापार आक्रमण भने जारी छ ।

 

द्वन्द्वरत पक्षबीच प्रत्यक्ष वार्ता गर्न सहमत नभएको अवस्थामा तेस्रो पक्षको मध्यस्थतामा दुई वा  दुईभन्दा बढी पक्षबीच हुने छलफल र वार्ता (शटल डिप्लोमेसी) को माध्यमबाट सुरुमा द्वन्द्वरत पक्षका धारणा बुझ्ने र एउटा निर्णयका लागि आधार तय गरिने यो छलफल र वार्तामा अहिले अमेरिकी प्रतिनिधि र रूसी प्रतिनिधिबीच कुराकानी भइरहेको रुसको समाचार एजेन्सी तासले जनाएको छ ।

 

रक्षामन्त्री रुस्तम उमरोभको नेतृत्वमा रहेको युक्रेनी टोली र अमेरिकी सेनाबीच आइतबार अबेर राति भेटवार्ता सम्पन्न भएको थियो ।

 

“हामीले ऊर्जालगायत महत्वपूर्ण बुँदालाई सम्बोधन ग¥यौँ,” छलफल एजेन्डामा केन्द्रित भएको र फलदायी भएको उमरोभले सामाजिक सञ्जालमा उल्लेख गरेका छन् । “युक्रेनले ‘न्यायोचित र दिगो शान्ति’ को आफ्नो लक्ष्यलाई वास्तविकतामा परिणत गर्न काम गरिरहेको छ।”

 

ट्रम्पका दूत स्टिभ विटकोफले कुनै पनि सम्झौताले पूर्ण युद्धविरामका लागि मार्ग प्रशस्त गर्ने बताउँदै फक्स न्यूजसँग बताए, “मलाई लाग्छ सुरूमा विशेष गरी दुई देशबीच ‘ब्ल्याक सी’ भएर आवतजावत गर्ने मालबाहक जहाजबारे छलफल हुनेछ त्यसपछि स्वाभाविक रूपमा वार्ता पूर्ण युद्धविरामतर्फ  आकर्षित हुुनेछ । तपाईं सोमबार साउदी अरबमा केही वास्तविक प्रगति देख्नुहुनेछ ।”

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार