युक्रेनसँग सम्झौता नभए रुसमाथि थप प्रतिबन्ध लगाउन सक्ने ट्रम्पको भनाइ

२०८१ माघ ९ गते बुधवार
सारांश
  • रुसी राष्ट्रपति वार्तामा नआएमा अमेरिकाले मस्कोमाथि थप प्रतिबन्ध लगाउने हो कि भनेर सोधिएको प्रश्नमा ह्वाइट हाउसमा पत्रकारहरूलाई ट्रम्पले भने, “यस्तो हुनसक्ने सम्भावना छ ।”

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलबार राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा युद्ध अन्त्य गर्न सम्झौता गर्न अस्वीकार गरेमा रुसमाथि नयाँ प्रतिबन्ध लगाउन सक्ने सङ्केत गरेका छन् ।

 

रुसी राष्ट्रपति वार्तामा नआएमा अमेरिकाले मस्कोमाथि थप प्रतिबन्ध लगाउने हो कि भनेर सोधिएको प्रश्नमा ह्वाइट हाउसमा पत्रकारहरूलाई ट्रम्पले भने, “यस्तो हुनसक्ने सम्भावना छ ।”

 

सोमबार आफ्नो पदभार ग्रहण गर्नुअघि ट्रम्पले पदभार ग्रहण गरेपछि तुरुन्तै युक्रेन युद्ध अन्त्य गर्ने प्रतिज्ञा गरेका हुन् । यसबाट उनले रुसलाई सहुलियत दिन किएभलाई बाध्य बनाउनका लागि सहयोगको लाभ उठाउने अपेक्षा बढेको थियो । रुसले सन् २०२२ फेब्रुअरीमा युक्रेनमाथि आक्रमण गरेको थियो ।

 

पुटिनप्रति असामान्य आलोचनात्मक टिप्पणी गर्दै ट्रम्पले सोमबार रुसी राष्ट्रपतिले ‘सम्झौता गर्नुपर्छ’ भने । “मलाई लाग्छ उनले सम्झौता नगरी रुसलाई नष्ट गरिरहेका छन्", उनले भने।

 

युक्रेनी राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीले आफूलाई युद्ध अन्त्य गर्न शान्ति सम्झौता चाहेको बताएको ट्रम्पले बताए ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार