- अमेरिकामा राष्ट्रपतीय निर्वाचन र राष्ट्रपति निर्वाचन भैसकेपछि सपथ ग्रहण गर्ने मिति सधैं निश्चित रहने परम्परा छ।
रिपब्लिकन नेता डोनाल्ड ट्रम्प नोभेम्बर ५ को राष्ट्रपति चुनावमा विजय भएपश्चात आज जनवरी २० मा हुने सपथ ग्रहण समारोहमा राष्ट्रपति पदको सपथ लिने तयारीमा छन्। राष्ट्रपतिको रूपमा दोस्रो कार्यकालको लागि उनि ह्वाइट हाउसमा फर्कदैछन। उनि अमेरिकाको ४७ औं राष्ट्रपतिको रुपमा आज सपथ ग्रहण गर्दैछन।
अमेरिकामा राष्ट्रपतीय निर्वाचन र राष्ट्रपति निर्वाचन भैसकेपछि सपथ ग्रहण गर्ने मिति सधैं निश्चित रहने परम्परा छ। अमेरिकी राजनीतिका लागि यो एक परम्पराकै रुपमा विकशित भैसकेको छ। यसै अनुसार आज जनावरी अमेरिकी राजानितिक इतिहासमा महत्वपुर्ण दिन समेत हो।
स्थानीय समय अनुसार ७८ वर्षीय ट्रम्पले दिउँसो १२ बजे वाशिंगटन डीसीको युएस क्यापिटलमा सपथ लिनेछन्। उनले २०२० को राष्ट्रपति चुनावको नतिजालाई अस्वीकार गर्दै धाधली भएको आरोप लगाएका थिए, त्यतिबेला उनि जो बिडेनसँग पराजित भएका थिए।
राष्ट्रपति निर्वाचित ट्रम्पको शपथ ग्रहण समारोहमा विश्वभरीबाट शक्तिशाली व्यक्तिहरूले उपस्थिति जनाउने छन्। सूचीमा विश्वका धनाढ्य व्यक्तिहरू, प्रतिष्ठित व्यक्तिहरू, प्राविधिक उद्यमीहरू, पूर्व अमेरिकी राष्ट्रपतिहरू र अन्य सेलिब्रेटीहरू समावेश हुनेछन्। ट्रम्पको सपथ ग्रहण समारोह कडा चिसो मौसमका कारण क्यापिटल रोटुन्डामा सरेको छ र न्युयोर्क टाईम्सको रिपोर्ट अनुसार रोटुन्डासँग ६०० सीटहरू छन्।
ट्रम्पको राष्ट्रपतिको उद्घाटन समारोहमा उपस्थित हुने अतिथिहरूको सूची यसप्रकार छ।
क) विश्वका राष्ट्रप्रमुख, सरकारप्रमुख तथा नेताहरू
भारत: विदेशमन्त्री एस जयशंक
चिन: चिनियाँ राष्ट्रपति सी चिनफिङ सहभागी नहुने र चीनका उपराष्ट्रपति हान झेङ
अर्जेन्टिना: राष्ट्रपति जेभियर माइली
इक्वेडर: राष्ट्रपति ड्यानियल नोबोआ
इटाली: प्रधानमन्त्री जर्जिया मेलोनी
अष्ट्रेलिया: विदेशमन्त्री पेनी वोङ
जापान: विदेशमन्त्री ताकेशी इवाया
बेलायत: रिफर्म यूके पार्टीका नेता निगेल फराज
ख) पूर्व अमेरिकी राष्ट्रपतिहरू
निवर्तमान राष्ट्रपति जो बाईडेन
पूर्व अमेरिकी राष्ट्रपति बाराक ओबामा
पूर्व अमेरिकी राष्ट्रपति जर्ज डब्लु बुश
पूर्व अमेरिकी राष्ट्रपति बिल क्लिन्टन
ग) अरबपति र प्राविधिक सीईओहरू
टेस्ला सीईओ एलोन मस्क
अमेजनका संस्थापक जेफ बेजोस
मेटा सीईओ मार्क जुकरबर्ग
एप्पलका सीईओ टिम कुक
टिकटकका सीईओ शोउ चेउ
ओपनएआईका सीईओ सैम अल्टम्यान
गुगलका सीईओ सुन्दर पिचाई
क्वाईनबेस सीईओ ब्रायन आर्मस्ट्रांग
डोनाल्ड ट्रम्पको शपथ समारोह एनाबिसी, सीएनएन, एबिसी, सिबिएस, फक्स न्युज लगायतका सबै प्रमुख टेलिभिजन समाचार नेटवर्कहरूमा प्रत्यक्ष प्रसारण गरिनेछ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
होर्मुजमा २० प्रतिशत शुल्क लगाउने प्रस्तावबाट पछि हटे ट्रम्प
-
शेयर बजारमा स्पेसएक्सको उत्साह सेलाउन थाल्यो, प्रारम्भिक लगानीकर्ता घाटामा
-
टेलिकमका पूर्व प्रबन्ध निर्देशक अकुत सम्पत्ति आर्जन गरेको मुद्दामा दोषी ठहर
-
फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा
-
वर्षाका कारण देशभरका १३ प्रमुख सडकखण्ड प्रभावित, पाँच राजमार्ग पूर्ण रूपमा अवरुद्ध
धेरै पढिएको
विशेष
विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?
सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।