जेजु विमान दुर्घटनामा १७९ जनाको मृत्यु, जेजु एयरले माग्यो माफी

२०८१ पुष १४ गते आईतबार
सारांश
  • जेजु एयरले एक विज्ञप्ति जारी गर्दै भनेको छ, ‘मुआन एयरपोर्टमा भएको यस दुर्घटनामा परी ठूलो नोक्सानी भएको सबैमा हामी जेजु एयरको शिर झुकाएर माफी चाहन्छौँ । ’

काठमाडौं: दक्षिण कोरियामा भएको जेजु एयरको विमान दुर्घटनामा १७९ जनाले ज्यान गुमाएपछि जेजु एयरले माफी मागेको छ ।


६ जना चालक दलका सदस्य र १ सय ७५ जना यात्रु बोकेको विमान अवतरणका क्रममा धावनमार्गबाट चिप्लिएर दुर्घटनाग्रस्त भएको थियो । 


१८१ जनामध्ये २ जनामात्र बाँच्न सफल भएको र अरु सबैले ज्यान गुमाएपछि एयरलाइन्सले विज्ञप्तिनै निकालेर माफी मागेको हो ।


जेजु एयरले एक विज्ञप्ति जारी गर्दै भनेको छ, ‘मुआन एयरपोर्टमा भएको यस दुर्घटनामा परी ठूलो नोक्सानी भएको सबैमा हामी जेजु एयरको शिर झुकाएर माफी चाहन्छौँ । ’


विज्ञप्तिमा थप भनिएको छ, ‘हामी यस घटनाको वास्तविकता बताउन हरसम्भव प्रयास गर्नेछौँ । हामी यस घटनाका लागि क्षमाप्रार्थी छौँ ।’


दुर्घटनाग्रस्त विमानबाट दुई जनाको भग्नावशेषबाट जीवितै उद्दार गरिएको थियो । उनीहरुको उपचार भइरहेको अधिकारीअरुले जनाएका छन् । दुर्घटनाको कारण खुल्न सकेको छैन । 
 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार