- कतारी अधिकारीहरू सिरियाली राष्ट्रपति बशर अल–असदको निष्कासनको नेतृत्व गर्ने इस्लामिक समूह हयात ताहरिर अल–शाम (एचटिएस) र सिरियाका अन्य समूहहरूसँग सम्पर्कमा रहेको एक अधिकारीले घटनाक्रमको बारेमा जानकारी दिएका छन् ।
कतारी अधिकारीहरू सिरियाली राष्ट्रपति बशर अल–असदको निष्कासनको नेतृत्व गर्ने इस्लामिक समूह हयात ताहरिर अल–शाम (एचटिएस) र सिरियाका अन्य समूहहरूसँग सम्पर्कमा रहेको एक अधिकारीले घटनाक्रमको बारेमा जानकारी दिएका छन् ।
“कतारीहरूले एचटिएससँग सञ्चारको पहिलो च्यानल स्थापना गरेका छन् । एचटिएस र कतारी कूटनीतिज्ञहरूसँगको सञ्चार आगामी २४ घन्टामा अल बशीरसँग जारी रहने अपेक्षा गरिएको छ”, वरिष्ठ विद्रोही मोहम्मद बशीरलाई उद्धृत गर्दै नाम नछाप्ने सर्तमा अधिकारीले भने ।
असदको सरकारले सन् २०११ मा शान्तिपूर्ण विद्रोहलाई दमन गरेपछि कतार सशस्त्र विद्रोहको मुख्य समर्थक र पदच्यूत नेताको कडा आलोचक थियो ।
सन् २००० देखि सत्तामा रहनुभएका असद एचटिएस र यसका सहयोगीहरूको द्रुत अभियानपछि सप्ताहन्तमा पदच्यूत भएका थिए ।
छलफलको संवेदनशीलताका कारण नाम नछाप्न अनुरोध गर्ने अधिकारीले भने, “एचटिएस र अन्यसँगको सञ्चारको फोकस... शान्ति कायम गर्न र सङ्क्रमण अवधिमा सिरियाको सार्वजनिक संस्थाहरूको संरक्षण गर्न आवश्यक छ ।”
कतारी विदेश मन्त्रालयका प्रवक्ता माजेद अल–अन्सारीले आफ्नो देशले एचटिएससँग विशेष कुरा गरिरहेको छ कि छैन भनेर भन्न अस्वीकार गर्दै यसअघि कतार ‘हामी सिरियाली मोजाइकभित्र सधैँ सम्पर्कमा रहेका सबै समूहहरूसँग सम्पर्कमा रहेको’ बताएका थिए ।
प्रवक्ताले असद विरुद्धको विद्रोहको समयमा विपक्षी समूहहरूका लागि खोलिएको कतारको सिरियाली दूतावास अब ‘सिरियामा नयाँ वास्तविकताको पहिलो दूतावास’ भएको पनि बताए ।
“म यस समयमा भइरहेको विशेष कल वा बैठकहरूमा विशेष टिप्पणी गर्न सक्दिन तर म तपाईंलाई भन्न सक्छु कि हाम्रो ढोका खुला छ, हामी सबैसँग कुरा गरिरहेका छौँ”, उनले भने ।
असदलाई अपदस्थ गर्नुअघि कतारले शनिबार सिरियामा रूसी, इरानी, टर्की र अरब अधिकारीहरूसँग बैठकहरू आयोजना गरेको थियो ।
“शनिबारको बैठकमा सबै पक्षहरूबीच सहमति भयो, प्राथमिकता सिरियामा स्थितिलाई नियन्त्रणमा राख्ने र इस्लामिक स्टेटजस्ता कट्टरपन्थी समूहहरूले सिरियामा पकड बनाउन नसक्ने सुनिश्चित गर्ने हो” अधिकारीले भने ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
युक्रेन वर्तमान युद्धमोर्चामै युद्धविराम गर्न तयार छ- जेलेन्स्की
-
नेपाली कांग्रेसको आधिकारिक सभापति हुँ : देउवा
-
१३२ केभी चोभार सबस्टेसन सञ्चालनमा, काठमाडौं उपत्यकाको विद्युत आपूर्ति थप भरपर्दो हुने
-
साढे ७ करोड कमिसन बाँडिएको आरोपमा विशेष अदालतको फैसला ‘मौन
-
देउवा समूहको प्रभावमा परेर पार्टीविरुद्ध गतिविधि गर्नेलाई कारबाही हुन्छ- गगन थापा
धेरै पढिएको
विशेष
नयाँ बन्दरगाहको आकर्षण र पारवहन अर्थतन्त्रको यथार्थ
भारतसँगको व्यापारमा हाम्रो ढुवानी लागत बढ्नुको मुख्य कारण के हो भने, भारतभित्रको प्रक्रियामा हाम्रो कुनै नियन्त्रण छैन। पोर्टमा सामान थन्किने समय र कन्टेनर फर्कने समय अत्यन्तै लामो छ। कलकत्ता वा विशाखापट्टनमबाट दुई–तीन दिनमा आइपुग्नुपर्ने रेलको सामान २२ देखि ३५ दिनसम्म लगाएर नेपाल भित्रिन्छ।