- इजरायल र लेबनानबिच युद्धविरामको सहमति भएको छ । मंगलबार राति इजरायली सुरक्षा क्याबिनेटले अमेरिकाको मध्यस्थतामा हिजबुल्लाहले पठाएको युद्धविरामको प्रस्तावलाई स्वीकार गरेको हो ।
काठमाडौँ । इजरायल र हिजबुल्लाहबिच युद्धविरामको सहमति भएको छ । मंगलबार राति इजरायली सुरक्षा क्याबिनेटले अमेरिकाको मध्यस्थतामा हिजबुल्लाहले पठाएको युद्धविरामको प्रस्तावलाई स्वीकार गरेको हो ।
यससँगै अमेरिकी राष्ट्रपति जो बाइडेनले दुई देशबिच युद्धविराम भएको घोषणा गरेका थिए । बाइडेनले मङ्गलवार इजरायल र लेबनानमा हिजबुल्लाहबीचको संयुक्त राज्य अमेरिकाले प्रस्ताव गरेको ६० दिने युद्धविराम सम्झौता स्थायी हुनेगरी डिजाइन गरिएको बताए ।
सम्झौता स्थानीय समयअनुसार बुधबार बिहान ४ बजेबाट लागू भएको छ । उनले आगामी ६० दिनमा इजरायलले बिस्तारै बाँकी सेनाहरू फिर्ता बोलाउने र दुवै पक्षका नागरिकहरू चाँडै सुरक्षित रुपमा आफ्नो समुदायमा फर्किने विश्वास व्यक्त गरे।
एजेन्सीको सहयोगमा
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’