जापानी राजपरिवारका जेठी सदस्य राजकुमारी युरिकोको १०१ वर्षको उमेरमा निधन

१ मंसिर, २०८१, शनिवार
सारांश
  • सम्राट हिरोहितोका भाइ र शाही परिवारको सबैभन्दा जेठो सदस्य जापानी राजकुमारी युरिकोको स्थानीय समय अनुसार शुक्रबार बिहान ६:३२ बजे निधन भएको दरबारका अधिकारीहरूले बताएका छन्।

सम्राट हिरोहितोका भाइ र शाही परिवारको सबैभन्दा जेठो सदस्य जापानी राजकुमारी युरिकोको स्थानीय समय अनुसार शुक्रबार बिहान ६:३२ बजे निधन भएको दरबारका अधिकारीहरूले बताएका छन्। राजकुमारी युरिको १०१ बर्षकी थिइन्।

 

युरिकोको टोकियो अस्पतालमा शुक्रबार निधन भएको एजेन्सीले जनाएको छ । मृत्युको कारण भने खुलाएको छैन तर जापानी मिडियाले उनको मृत्यु निमोनियाका कारण भएको बताएका छन्।

 

सन् १९२३ मा जन्मिएकी युरिकोले १८ वर्षको उमेरमा हिरोहितोका कान्छो भाइ र वर्तमान सम्राट नारुहितोका काका राजकुमार मिकासासँग दोस्रो विश्वयुद्ध सुरु हुनुभन्दा केही महिना अघि विवाह गरेकी थिइन्।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार