स्थानीय तह भ्रष्टाचारमा चुर्लुम्म : प्रमुख आयुक्त राई

१२ कार्तिक, २०८१, सोमवार
सारांश
  • हिजो जनताले निःशुल्क पाइरहेको सिफारिसका लागि पनि अहिले शुल्क तिर्नुपर्ने अवस्था रहेको उनले बताए। घुस रकम नबुझाएसम्म सिफारिस दिन्न भने पनि केही गर्न सक्ने अवस्था नरहेको उनको भनाइ छ।

काठमाडौँ । सोमबार प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सांसदहरुको प्रश्नको जवाफ दिने क्रममा प्रमुख आयुक्त प्रेमकुमार राईले स्थानीय तहमा व्यापक भ्रष्टाचार भइरहेको भए पनि अधिकारको अभावमा केही गर्न नसकिएको बताए ।

 

उनले भने,’हाम्रोमा जुन भ्रष्टाचारका उजूरीहरु आइरहेका छन्, स्थानीय तहकै सबैभन्दा बढी उजूरी आएको अवस्था छ। तर, उजुरीको क्वालिटी, उजुरीको प्रमाणका विषयमा हामीले हेर्दाखेरी जुनखालको क्वालिटीको उजुरी आउनुपर्ने हो, त्यो खालको आएको छैन।’ स्थानीय तहलाई अधिकार दिइसकेपछि जनताले दुःख पाउने सिलसिला सुरु भएको उनको दाबी थियो। हिजो जनताले निःशुल्क पाइरहेको सिफारिसका लागि पनि अहिले शुल्क तिर्नुपर्ने अवस्था रहेको उनले बताए। घुस रकम नबुझाएसम्म सिफारिस दिन्न भने पनि केही गर्न सक्ने अवस्था नरहेको उनको भनाइ छ।

 

उनले थपे, ‘हिजो जनताले निःशुल्क पाएको जुन सुविधा थियो सिफारिसको, त्यही सुविधामा पनि हामी अहिले पैसा दिँदै दिँदै गएर अहिले जनतालाई वाक्क भएको छ। त्यस्तो सफारिस पनि डाइरेक्ट होइन, जति फी छ ५ सय भने ५ सय दिएर पुगेन, त्यसमा अरु अप्रत्यक्ष्य ५ सय दिएपछि मात्रै सिफारिस दिने नभए म दिन्न भन्दा पनि केही गर्न नसक्ने अवस्था सिर्जना भएको छ। तर, प्रमाण त केही हुँदैन। हामीले त्यसमा केही गर्न सक्दैनौँ।’

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार