हिजबुल्लाह प्रमुख नसरल्लाहको शवलाई अस्थायी रूपमा गाडियो

२०८१ असोज १८ गते, शुक्रबार

बेरुत – लेबनानी लडाकू समूह हिजबुल्लाका प्रमुख हसन नसरल्लाहको शवलाई अस्थायी रूपमा गाडिएको समूह निकट स्रोतले शुक्रबार बताएको छ। इजरायलले ठूलो अन्त्येष्टिलाई लक्षित गर्ने डरले गोप्य स्थानमा अस्थायी रूपमा गाडिएको बताइएको छ।

 

‘परिस्थितिले सार्वजनिक अन्त्येष्टिको अनुमति नदिएसम्म हसन नसरल्लाहलाई अस्थायी रूपमा गाडिएको छ,’ गत साताको इजरायली आक्रमणमा नसरल्लाह मारिएपछि स्रोतले भन्यो। ‘इजरायली धम्कीले शोक मनाउनेहरू र उहाँलाई गाडिएको स्थललाई लक्षित गर्ने डर’ का कारण सार्वजनिक अन्त्येष्टि गर्न असम्भव रहेको स्रोतले बताएको छ।

 

शिया मुस्लिम रीतिअनुसार उचित अन्त्येष्टि गर्न परिस्थितिले नदिँदा वा मृतकलाई उनीहरूले चाहेको स्थानमा गाड्न नसकिँदा अस्थायी रूपमा गाडिने व्यवस्था छ।

 

हिजबुल्लाहले शीर्ष लेबनानी अधिकारीहरूमार्फत इजरायलको प्रमुख सहयोगी अमेरिकाबाट इजरायलले सार्वजनिक अन्त्येष्टिलाई लक्षित नगर्ने ‘ग्यारेन्टी’ प्राप्त गर्न खोजेको तर असफल भएको नाम नखुलाउने शर्तमा एक लेबनानी अधिकारीले बताए।

 

हिजबुल्लाहमाथि इजरायलको तीव्र बमबारीका बीच सेप्टेम्बर २७ मा समूहको दक्षिणी बेरुत गढमा भएको ठूलो आक्रमणमा नसरल्लाहका साथै इरानी रिभोल्युसनरी गार्डका एक जनरल मारिएका थिए।

 

इजरायलले इरान समर्थित हिजबुल्लाहका करिब २० सदस्यलाई मारेको बताएको थियो।

नसरल्लाह मारिएको एक सातापछि पनि उनको उत्तराधिकारी छैनन्। सम्भावित उत्तराधिकारीको रूपमा हेरिएका प्रमुख हिजबुल्लाह व्यक्ति उनका भाइ हाशेम सफिएद्दीन हालै दक्षिणी बेरुतमा भएको इजरायली हवाई आक्रमणको निशानामा थिए भनी अमेरिकी र इजरायली सञ्चार माध्यमहरूले बताएका छन्। 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार