नेप्सेमा गिरावट, ४ अर्ब ८२ करोडको कारोबार

११ मार्ग, २०८३
सारांश
  • नेप्सेमा आज पनि गिरावट आएको छ । आज शुक्रबार नेप्से ८.५७ अंकले घटेर २६२८.१७ विन्दुमा पुगेर रोकिएको छ ।

काठमाडौँ : नेप्सेमा आज पनि गिरावट आएको छ । आज शुक्रबार नेप्से ८.५७ अंकले घटेर २६२८.१७ विन्दुमा पुगेर रोकिएको छ ।

 

आज ३५३ कम्पनिका एक करोड ३१ लाख ९८ हजार ७५७ कित्ता शेयर ४ अर्ब ८२ करोड ४७ लाख ३२ हजार २१३ मा कारोबार भएको थियो । आज बैंकिंग र निर्जीव वीमा बाहेक सबै क्षेत्रको शेयर मुल्य घटेको छ ।

 

आज, सबैभन्दा बढी एनआइएसी एशिया बैंकको शेयर ६.०८ प्रतिशतले बढेको छ भने लक्ष्मी मन्डु हाइड्रोको शेयर ४.७६ प्रतिशतले बढेको छ । त्यस्तै आज सबै भन्दा बढी सोपान फार्माको शेयर ५.३७ प्रतिशतले घटेको छ ।

 

त्यस्तै आज सबै भन्दा बढी लक्ष्मी सनराइज बैंकको २४ करोड ९९ लाख बराबरको कारोबार भएको छ भने ग्लोबल आइएमई बैंकको २१ करोड ६७ लाख बराबरको कारोबार भएको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

बालेन सरकारको ६ महिना: भारत, चीन र अमेरिकासँगको सम्बन्धमा ‘रिसेट’ कि अन्योल?

बालेन सरकारको छ महिनामा भारत, चीन र अमेरिकासँग प्रारम्भिक दूरीबाट व्यावहारिक संलग्नतातर्फ केही परिवर्तन देखिएको विश्लेषण कार्यक्रममा प्रस्तुत भयो। अबको चुनौती भनेको अन्तर्राष्ट्रिय दृश्यता र कूटनीतिक सम्पर्कलाई विद्युत् व्यापार, लगानी, प्रविधि, रोजगारी र आर्थिक अवसरमा कसरी रूपान्तरण गर्ने भन्ने देखिन्छ।

थप समाचार