- शनिवार ऐतिहासिक असन डबलीमा भेला भएका नेवार समुदायका अगुवा, अभियन्ता र स्थानीय बासिन्दाले हचुवाको भरमा गरिएको उक्त सूचीकरण तत्काल सच्याउन माग गरेका थिए ।
काठमाडौं: नेवार समुदायका ४० थरलाई दलितको सूचीमा राखिएकोप्रति नेवार समुदायका अगुवाहरुले आन्दोलन सुरु गरेका छन् । सोमबार निर्णय फिर्ता नभए मंगलबारदेखि चरणबद्ध आन्दोलन गर्ने तयारी समुदायको छ ।
शनिवार ऐतिहासिक असन डबलीमा भेला भएका नेवार समुदायका अगुवा, अभियन्ता र स्थानीय बासिन्दाले हचुवाको भरमा गरिएको उक्त सूचीकरण तत्काल सच्याउन माग गरेका थिए ।
नेवार अगुवाहरुसँगै उभिएर नेपाली कांग्रेस काठमाडौँ महानगरका सभापति सुशन वैद्यले समुदायका विज्ञ, गुठी र सरोकारवालासँग कुनै परामर्श नगरी तथा समाजशास्त्रीय एवं वैज्ञानिक अध्ययनबिनै हचुवाको भरमा दलित सूचीमा राख्नु अपरिपक्व र अन्यायपूर्ण भएको बताए ।
राष्ट्रिय दलित आयोग र सरकारले ऐतिहासिक र सांस्कृतिक पहिचान बोकेको समुदायभित्र बिना आधार विभाजन र वर्गीकरण थोपर्न खोजेको आरोप पनि उनले लगाए ।
सभापति वैद्यले नेवार समुदायभित्रका ४० वटा थरलाई दलित सूचीमा समावेश गर्ने अवैज्ञानिक निर्णय नेवार समुदायलाइ स्विकार्य नहुने र यो निर्णय तत्काल फिर्ता नभए अझ कडा आन्दोलन गर्ने चेतावनी दिए । उनले भने,‘दलित आयोग थोरै लचक भएर प्रस्तुत भएको छ । आयोगले सरकारलाई निर्णय फिर्ता लिन समन्वय गर्नुपर्छ । यदि निर्णय फिर्ता नभए मंगलबारदेखि चरणबद्ध आन्दोलन गर्छौं ।’
नेवार समुदायभित्रको विविधता, परम्परागत पेसा र सांस्कृतिक संरचनालाई नबुझी राज्यले एकतर्फी रूपमा सूचीकरण गर्दा सामाजिक सद्भाव र समुदायको आत्मसम्मानमा ठेस पुग्ने भन्दै प्रदर्शनकारीहरूले तत्काल निर्णय फिर्ता लिन आग्रह गरेका छन्।
कुनै पनि समुदायको पहिचान र वर्गीकरणसम्बन्धी संवेदनशील नीतिगत निर्णय गर्नुअघि गहिरो अध्ययन र सम्बन्धित समुदायको सहमति अपरिहार्य हुने उनीहरुको भनाइ थियो ।
प्रदर्शनमा सहभागी नेपाली कांग्रेस केन्द्रीय सदस्य डा.अमिता प्रधान शाक्यले नेवारहरूको सांस्कृतिक पहिचानमाथि आक्रमण गरिएको बताइन्।
उनले नेवार समुदायमा दलित भन्ने वर्ग नै नरहेको बताउँदै जीवित देवीको थर पनि दलितमा परेको उल्लेख गरिन्।
देशभरका नेवार समुदायमाथि प्रहार गरिएको भन्दै उनले कुनै पनि निर्णय गर्दा सम्बन्धित पक्ष र समुदायसँग समन्वय गरेर गर्नु पर्नेमा सरकारले नेवार समुदायलाइ हेपेर निर्णय गरेको दावी गरिन्।
केन्द्रिय सदस्य डा.प्रधानले सरकारको यो निर्णयले जातीय द्वन्द्व निम्त्याउन सक्ने चेतावनी पनि दिइन्।
कांग्रेसकै अर्का केन्द्रीय सदस्य सपना राजभण्डारी जोशीले सरकारले राजपत्रमा निकालिएको कुरा विनाअध्ययन र अनुसन्धानमा ल्याइएको बताइन्। समुदायसँग कुनै परामर्श नगरिएको र उनीहरुको भावना माथी खेलवाड गरिएको दावी गरिन् ।
सरकारको अपरिपक्व र हेपाहा निर्णयका विरुद्धमा आन्दोलनमा उत्रिन पनि उनले सबैलाइ आह्वान गरिन् । राज्यले नागरिकको आत्मसम्मानमा ठोस पु¥याएको उनको भनाई छ।
उनीहरूले ऐतिहासिक तथ्य र पहिचानको सम्मान गर्, आयोगको काम सिफारिस गर्ने, हचुवामा होइन, प्रमाण हेर्ने, न अध्ययन, न अनुसन्धान, हचुवाको भरमा शासन सञ्चालन, विरोध र द्वन्द्व हिंसाको लागि होइन, अधिकार र पहिचानको लागि, गणतन्त्रको पहिलो दलित प्रधानमन्त्री भएकोमा माननीयज्युलाई बधाई, सरकारको स्वेच्छाचारी निर्णय बन्द गर लगायतका प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए । उनीहरूले दलित आयोग खारेज गर्न माग समेत गरेका छन्।
नेवार अगुवाहरुको सक्रियतामा भएको आन्दोलनको समन्वय भने नेपाली काँग्रेस काठमाडौँ महानगर समितिले गरेको हो ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
सौरभ राज पन्तको टिप्पणी: “प्रधानमन्त्रीज्यू, दिल्ली-बेइजिङसँगै खाडीलाई पनि प्राथमिकता दिऔँ, खाडी अध्ययन कार्यदल यथाशीघ्र गठन गरौँ।”
-
नेवारका ४० थरलाई दलित बनाइएकोमा नेवार समुदाय आन्दोलित
-
राज्यसत्ता प्रतिशोध साँध्ने औजार होइन, इनम सापकोटा प्रकरण छानबिन गर्न संसदीय समिति गठन होस्
-
अस्ट्रेलियामा नेपालीको संख्या १० वर्षमै पाँच गुणाले वृद्धि
-
‘हामी तयार छौँ अभियान’ का लागि कांग्रेसले आज अभिमुखीकरण दिने
धेरै पढिएको
विशेष
नयाँ बन्दरगाहको आकर्षण र पारवहन अर्थतन्त्रको यथार्थ
भारतसँगको व्यापारमा हाम्रो ढुवानी लागत बढ्नुको मुख्य कारण के हो भने, भारतभित्रको प्रक्रियामा हाम्रो कुनै नियन्त्रण छैन। पोर्टमा सामान थन्किने समय र कन्टेनर फर्कने समय अत्यन्तै लामो छ। कलकत्ता वा विशाखापट्टनमबाट दुई–तीन दिनमा आइपुग्नुपर्ने रेलको सामान २२ देखि ३५ दिनसम्म लगाएर नेपाल भित्रिन्छ।