- बेनी हाइड्रोपावरको सर्वसाधारणलाई निष्काशन गरेको आइपीओ बाँडफाँड भएको छ ।
काठमाडौँ । बेनी हाइड्रोपावरको सर्वसाधारणलाई निष्काशन गरेको आइपीओ बाँडफाँड भएको छ ।
निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी एनएमबि क्यापिटल लिमिटेडका अनुसार आइपीओमा २३ लाख ५१ हजार ५६० लगानीकर्ताले आवेदन दिएका थिए । जस मध्ये २३ लाख ५ हजार २३३ जनाको आवेदन मात्र योग्य भएको थियो । माग भन्दा बढीको आवेदन परेकोले गोलाप्रथाबाट शेयर बाँडफाँड गरिएको छ । जसमा ८६ हजार ३२० लगानीकर्ताले १०-१० कित्ताको दरले शेयर पाएका छन् ।
कम्पनीले भदौ २२ गतेदेखि भदौ २६ गतेसम्म सर्वसधारणलाई ८ लाख ६३ हजार २ सय कित्ता शेयर निष्काशन गरेको थियो।
इक्रा नेपालले बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडको जारीकर्ता मूल्यांकनलाई ‘आईसीआरएएनपी-आईआर बीबी’ बाट बढाएर ‘आईसीआरएएनपी-आईआर बीबी प्लस’ कायम गरेको छ । यसको अर्थ वित्तीय दायित्व समयमै पूरा गर्ने क्रममा कम्पनीमा मध्यम स्तरको जोखिम रहेको भन्ने हो ।
सन् २०१६ मा स्थापना भएको बेनी हाइड्रोपावरले सोलुखुम्बु जिल्लाको बेनी तथा सल्लेरी क्षेत्रमा १८ मेगावाट क्षमताको माथिल्लो सोलुखोला जलविद्युत् आयोजना निर्माण गरिरहेको छ ।
आइपिओको नतिजा सीडीएससी, मेरो सेयर तथा एनएमबि क्यापिटलको वेभसाइटबाट हेर्न सकिनेछ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
अफ्रिकी जंगली कुकुरको चार हजार किलोमिटरको कीर्तिमानी यात्रा !
अफ्रिकी जंगली कुकुरको एउटा समूहले जाम्बियामा करिब ४ हजार किलोमिटरको कीर्तिमानी यात्रा गरेको छ । वैज्ञानिकहरूका अनुसार यो अफ्रिकाको कुनै पनि स्थल स्तनधारीले जोडीको खोजीमा गरेको अहिलेसम्मकै सबैभन्दा लामो यात्रा हो ।