नागढुंगा सुरुङमार्गमा निजी सवारीलाई पनि आवागमन खुला
८ भाद्र, २०८३, सोमवार
- करिब २९ अर्ब रुपैयाँ लागतमा निर्माण भएको नागढुंगा सुरुङमार्ग नेपालको पहिलो व्यवस्थित यातायात सुरुङमार्ग हो । यसको मुख्य सुरुङ २.६८ किलोमिटर लामो छ भने २.५५७ किलोमिटरको आपत्कालीन सुरुङसमेत निर्माण गरिएको छ ।
काठमाडौँ: नागढुंगा सुरुङमार्गमा सोमबारदेखि निजी कार, जिप र भ्यानलाई पनि आवागमन खुला गरिएको छ । यसअघि सुरुङमा आपत्कालीन, एम्बुलेन्स र सरकारी सवारीलाई मात्र सञ्चालनको अनुमति दिइएकोमा आजदेखि ९ सिटसम्मका निजी कार, जिप र भ्यानलाई पनि आवागमन खुला गरिएको हो ।
सुरुङ बिहान ९ बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन हुनेछ भने सुरुङभित्र सवारीको गति प्रतिघण्टा ४० किलोमिटरभन्दा बढी गर्न, सवारी रोक्न र ओभरटेक गर्न नपाइने व्यवस्था गरिएको छ । सवारी चलाउँदा हेडलाइट बाल्न अनिवार्य गरिएको छ ।
सुरुङको नियमित सञ्चालनका लागि सुरक्षा टोली, शुल्क संकलन तथा अन्य आवश्यक व्यवस्थापन गरिएको छ । सुरुङभित्र हुने गतिविधिको निगरानी दृश्य निगरानी प्रणालीमार्फत गरिनेछ । पैदलयात्री, दुईपाङ्ग्रे सवारी तथा पेट्रोल, डिजेललगायत प्रज्वलनशील पदार्थ बोकेका सवारीलाई सुरुङ प्रवेश निषेध गरिएको छ ।
सुरुङ प्रयोग गरेबापत कार तथा भ्यानले काठमाडौँतर्फ जाँदा ६५ र काठमाडौँबाट बाहिरिँदा ६० रुपैयाँ शुल्क तोकिएको छ । त्यस्तै मिनीबस र टिपरले काठमाडौँतर्फ जाँदा ११५ तथा बाहिरिँदा ८० रुपैयाँ, बस र ट्रकले क्रमशः २६० र २०० रुपैयाँ शुल्क तिर्नुपर्नेछ। हेभी ट्रकका लागि काठमाडौँतर्फ ६०० र बाहिरिँदा २५० रुपैयाँ शुल्क तोकिएको छ ।
करिब २९ अर्ब रुपैयाँ लागतमा निर्माण भएको नागढुंगा सुरुङमार्ग नेपालको पहिलो व्यवस्थित यातायात सुरुङमार्ग हो । यसको मुख्य सुरुङ २.६८ किलोमिटर लामो छ भने २.५५७ किलोमिटरको आपत्कालीन सुरुङसमेत निर्माण गरिएको छ ।
२०७६ कात्तिक ४ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले सुरुङ निर्माणको शिलान्यास गरेका थिए । सुरुमा ४२ महिनामा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिए पनि कोभिड–१९, मुआब्जा विवादलगायत कारणले आयोजना सम्पन्न हुन ढिलाइ भएको थियो । सुरुङमार्गको साउन ११ मा नेपालका लागि जापानी राजदूत मायदा तोरु र जाइका अध्यक्ष डा. तानाका अकिहिकोको उपस्थितिमा पूर्वाधार विकास मन्त्री सुनील लम्सालले उद्घाटन गरेका थिए ।
जापान सरकारको ऋण सहयोग र नेपाल सरकारको लगानीमा निर्माण भएको यो सुरुङमार्ग जापानको हाज्मा आन्दो कर्पोरेसनले निर्माण गरेको हो ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
नेपालमा विपद् तयारी केन्द्रको उपकेन्द्र स्थापना गर्न सम्झौता
-
मुख्यमन्त्री नियुक्तिको मुद्धा अदालतमा रहेकाले प्रदेशसभा बैठक स्थगित गर्न कांग्रेसको माग
-
बागमतीका मुख्यमन्त्री थापाको नियुक्तिविरुद्धको रिटमा कारण देखाउ आदेश
-
परराष्ट्रमन्त्री खनाल र सचिव राईबीच कार्यसम्पादन सम्झौता
-
बेलायतका प्रधानमन्त्री बर्नहम किभमा, युक्रेनलाई स्टोर्म स्याडो क्षेप्यास्त्र निर्माणको गोप्य प्रविधि दिदै
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।