नेपालमा निर्धक्क भएर लगानी गर्न भारतीय उद्योगीलाई अर्थमन्त्री डा. वाग्लेको आव्हान

७ मार्ग, २०८३
सारांश
  • प्रधानमन्त्री बालेन्द्र शाहसँगै दुईदिने राजकीय भारत भ्रमणमा रहेका अर्थमन्त्री वाग्लेले आइतबार नयाँदिल्लीस्थित होटल ताजमा आयोजित नेपाल–भारत व्यापारिक छलफललाई सम्बोधन गर्दै यस्तो आह्वान गरेका हुन् ।

काठमाण्डौ, ०७ मङ्सिर । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भारतीय उद्योगी तथा व्यवसायीलाई नेपालमा निर्धक्क भएर लगानी गर्न आह्वान गरेका छन् ।

 

प्रधानमन्त्री बालेन्द्र शाहसँगै दुईदिने राजकीय भारत भ्रमणमा रहेका अर्थमन्त्री वाग्लेले आइतबार नयाँदिल्लीस्थित होटल ताजमा आयोजित नेपाल–भारत व्यापारिक छलफललाई सम्बोधन गर्दै यस्तो आह्वान गरेका हुन् ।

 

भारतीय उद्योग परिसंघले आयोजना गरेको कार्यक्रममा उनले सूचना प्रविधि, जलविद्युत् र यातायात तथा अन्य पूर्वाधार सम्पर्कका क्षेत्रमा नयाँ लगानी गर्न भारतीय उद्योगी व्यवसायीलाई आग्रह गरे । नेपालमा यसअघि नै लगानी गरिरहेका भारतीय कम्पनीलाई समेत लगानी विस्तार गर्न उनले आह्वान गरे ।

 

‘नेपाल अहिले लगानीका लागि उर्वर वातावरण र सम्भावना भएको ठाउँ हो,’ अर्थमन्त्री वाग्लेले भने, ‘सूचना प्रविधि, जलविद्युत् र पूर्वाधार सम्पर्कका क्षेत्रमा निर्धक्क भएर नयाँ लगानी गर्नुहोस्। नेपालमा लगानी गरेकाहरूले पनि आफ्नो लगानी विस्तार गर्नुहोस् ।’

 

उनले नेपालमा लगानीको वातावरण सुधार गर्न सरकारले कानुनी तथा नीतिगत सुधारलाई सरल र लगानीमैत्री बनाउँदै लगेको बताए । लगानीको सुरक्षा, प्रतिफलको सुनिश्चितता तथा नाफा फिर्ता लैजान आवश्यक कानुनी सहजीकरणका लागि सरकारले विशेष पहल गरिरहेको उनको भनाइ थियो ।

 

कार्यक्रममा प्रधानमन्त्री बालेन्द्र शाहको भ्रमण टोलीमा सहभागी नेपाली उद्योगी व्यवसायीका साथै डेढ दर्जनभन्दा बढी भारतीय उद्योगी व्यवसायी र प्रतिष्ठित भारतीय कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरूको सहभागिता रहेको थियो।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

बालेन सरकारको ६ महिना: भारत, चीन र अमेरिकासँगको सम्बन्धमा ‘रिसेट’ कि अन्योल?

बालेन सरकारको छ महिनामा भारत, चीन र अमेरिकासँग प्रारम्भिक दूरीबाट व्यावहारिक संलग्नतातर्फ केही परिवर्तन देखिएको विश्लेषण कार्यक्रममा प्रस्तुत भयो। अबको चुनौती भनेको अन्तर्राष्ट्रिय दृश्यता र कूटनीतिक सम्पर्कलाई विद्युत् व्यापार, लगानी, प्रविधि, रोजगारी र आर्थिक अवसरमा कसरी रूपान्तरण गर्ने भन्ने देखिन्छ।

थप समाचार