भाटभटेनी समूहको लगानी रहेको काठमाडौं स्टिल प्रा. लि.को कुल लगानी रु. २.५ अर्ब
५ मार्ग, २०८३
- जलविधुत् आयोजना, पुल, अग्ला भवन तथा अन्य पूर्वाधार विकासका काममा स्टिलको माग बढ्दै गएको अवस्थामा कम्पनीले उत्पादन विस्तार गरेको हो ।
काठमाण्डौ, ०५ मङ्सिर । भाटभटेनी समूहको प्रमुख लगानी रहेको काठमाडौं स्टिल प्रा. लि.ले नवलपरासीको तिलकपुरस्थित नयाँ प्लान्टबाट उत्पादन शुरु गर्ने तयारी गरेको छ । प्लान्ट विस्तारका लागि कम्पनीले थप रु. १.५ अर्ब लगानी गरेको छ । यससँगै कम्पनीको कुल लगानी रु. २.५ अर्ब पुगेको छ ।
नयाँ प्लान्ट सञ्चालनमा आएपछि कम्पनीको स्टिल रड उत्पादन क्षमता वार्षिक ६० हजार टनबाट बढेर १ लाख ५० हजार टन पुग्नेछ । आधुनिक प्रविधिमा आधारित प्लान्टबाट स्पन्ज आइरन प्रयोग गरी आफ्नै बिलेट उत्पादन गर्न सकिने कम्पनीले जनाएको छ । यसले आयातित कच्चा पदार्थमाथिको निर्भरता घटाउनुका साथै उत्पादन लागत र प्रतिस्पर्धात्मक क्षमतामा सुधार ल्याउने अपेक्षा गरिएको छ ।
कम्पनीले स्टिल रड जोड्न प्रयोग हुने मेकानिकल कप्लर उत्पादन गर्ने प्लान्टसमेत स्थापना गरेको छ । कप्लरले रड जोड्दा बाँध्ने तारको आवश्यकता पर्दैन र सामग्रीको खेर जाने मात्रा ८० प्रतिशतसम्म घटाउन सकिने बताइएको छ ।
विस्तारित उद्योग पूर्ण क्षमतामा सञ्चालन हुँदा करिब ६०० जनाले प्रत्यक्ष रोजगारी पाउनेछन् । अप्रत्यक्ष रोजगारीसमेत जोड्दा कुल रोजगारी १ हजार ४०० देखि १ हजार ५०० सम्म पुग्ने कम्पनीको अनुमान छ ।
जलविधुत् आयोजना, पुल, अग्ला भवन तथा अन्य पूर्वाधार विकासका काममा स्टिलको माग बढ्दै गएको अवस्थामा कम्पनीले उत्पादन विस्तार गरेको हो । बढेको उत्पादन बजारमा पुर्याउन कम्पनीको स्थापित डिलर सञ्जालले सहयोग गर्ने अपेक्षा गरिएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
बालेन सरकारको ६ महिना: भारत, चीन र अमेरिकासँगको सम्बन्धमा ‘रिसेट’ कि अन्योल?
बालेन सरकारको छ महिनामा भारत, चीन र अमेरिकासँग प्रारम्भिक दूरीबाट व्यावहारिक संलग्नतातर्फ केही परिवर्तन देखिएको विश्लेषण कार्यक्रममा प्रस्तुत भयो। अबको चुनौती भनेको अन्तर्राष्ट्रिय दृश्यता र कूटनीतिक सम्पर्कलाई विद्युत् व्यापार, लगानी, प्रविधि, रोजगारी र आर्थिक अवसरमा कसरी रूपान्तरण गर्ने भन्ने देखिन्छ।