शेयर बजार लगातार घटेपछि धितोपत्र बोर्डले भन्यो- पुँजी बजार विकासको मार्गचित्र ल्याउछौं
२५ आषाढ़, २०८३, बिहिवार
- बोर्डका अनुसार धितोपत्र व्यवसायी तथा सम्बन्धित संस्थाहरूलाई दिइएका निर्देशन प्रभावकारी रूपमा कार्यान्वयन गराउन आवश्यक पहल थालिएको छ। विशेषगरी मार्जिन कारोबारको प्रभावकारी कार्यान्वयन, धितोपत्र बजारलाई थप स्वस्थ, सुरक्षित र प्रभावकारी बनाउने तथा सार्वजनिक निष्काशन र नियमन प्रक्रियालाई व्यवस्थित गर्ने तयारी भइरहेको बोर्डले जनाएको छ।
काठमाडौँ: नेपाल धितोपत्र बोर्डले धितोपत्र बजारमा देखिएका समस्या तथा लगानीकर्ताबाट आएका गुनासोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
बोर्डले बजार सुधार र लगानीकर्ताको हित संरक्षणलाई प्राथमिकतामा राख्दै आगामी साताभित्र समयबद्ध कार्ययोजनासहित पुँजी बजार विकासको मार्गचित्र सार्वजनिक गरी तत्काल कार्यान्वयनमा ल्याइने बताएको हो ।
बोर्डले भनेको छ- 'बजारमा देखिएका समस्याहरूको समाधान र लगानीकर्ताको हकहित संरक्षणका लागि यस बोर्डले गम्भीर रूपमा गृहकार्य गरी आगामी साता सम्ममा समयबद्ध कार्ययोजना सहित विस्तृत रुपमा पुँजी बजार विकास मार्गचित्र सार्वजनिक गरी तत्कालै कार्यान्वयनमा लगिने व्यहोरा जानकारी गराउँदछौं ।'
बोर्डका अनुसार धितोपत्र व्यवसायी तथा सम्बन्धित संस्थाहरूलाई दिइएका निर्देशन प्रभावकारी रूपमा कार्यान्वयन गराउन आवश्यक पहल थालिएको छ। विशेषगरी मार्जिन कारोबारको प्रभावकारी कार्यान्वयन, धितोपत्र बजारलाई थप स्वस्थ, सुरक्षित र प्रभावकारी बनाउने तथा सार्वजनिक निष्काशन र नियमन प्रक्रियालाई व्यवस्थित गर्ने तयारी भइरहेको बोर्डले जनाएको छ।
यसका लागि धितोपत्र सम्बन्धी ऐन, धितोपत्र दर्ता तथा निष्काशन नियमावली, अन्य सम्बन्धित कानुनी व्यवस्था तथा सूचीकृत संस्थाहरूको संस्थागत सुशासन सम्बन्धी निर्देशिकाको समसामयिक पुनरावलोकन प्रक्रिया पनि सुरु भइसकेको बोर्डले स्पष्ट पारेको छ।
बोर्डले लगानीकर्ताको हित संरक्षणलाई उच्च प्राथमिकतामा राखेर आवश्यक सुधारका काम अघि बढाइरहेको उल्लेख गर्दै बजारमा फैलाइने हल्ला, बहकाउ वा अफवाहको पछि नलाग्न आग्रह गरेको छ। लगानी निर्णय गर्दा आफ्नै अध्ययन, विश्लेषण तथा जोखिम वहन क्षमताका आधारमा सोचविचार गरेर मात्रै निर्णय लिन पनि बोर्डले अनुरोध गरेको छ।
बोर्डका प्रवक्ता निरञ्जय घिमिरेद्वारा जारी विज्ञप्तिमार्फत धितोपत्र बजारलाई थप पारदर्शी, व्यवस्थित र विश्वसनीय बनाउने उद्देश्यका साथ सुधारका कार्यक्रम चरणबद्ध रूपमा कार्यान्वयन गरिने जानकारी दिइएको छ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
महाधिवेशनमा देउवाको अनुपस्थिति नमिठो लागेको छ- गगन थापा
-
देशलाई युक्रेन बनाउने दिशातर्फ डोर्याउन खोजियो- आङ्देम्बे
-
इरान युद्धमा अमेरिकाले ८१ सैन्य विमान र ड्रोन गुमायो, ३.३ अर्ब डलरभन्दा बढीको क्षति
-
राष्ट्रपति पौडेलसमक्ष थारू र राष्ट्रिय दलित आयोगका वार्षिक प्रतिवेदन पेस
-
नेप्सेमा गिरावट, ३ अर्ब ७४ करोडको कारोबार
धेरै पढिएको
विशेष
बालेन सरकारको ६ महिना: भारत, चीन र अमेरिकासँगको सम्बन्धमा ‘रिसेट’ कि अन्योल?
बालेन सरकारको छ महिनामा भारत, चीन र अमेरिकासँग प्रारम्भिक दूरीबाट व्यावहारिक संलग्नतातर्फ केही परिवर्तन देखिएको विश्लेषण कार्यक्रममा प्रस्तुत भयो। अबको चुनौती भनेको अन्तर्राष्ट्रिय दृश्यता र कूटनीतिक सम्पर्कलाई विद्युत् व्यापार, लगानी, प्रविधि, रोजगारी र आर्थिक अवसरमा कसरी रूपान्तरण गर्ने भन्ने देखिन्छ।