- सुदूरपश्चिमका जर्ज मुन्सीले ५४ बलमा १२५ रन अविजित बनाउदै शतकीय पारी खेलेर जित दिलाएका थिए । त्यस्तै विनोद भण्डारीले अविजित ३० रन बनाएका थिए ।
काठमाडौँ: सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि जितेको छ ।
शनिबार भएको फाइनल खेलमा सुदूरपश्चिमले लुम्बिनी लायन्सलाई १० विकेटले पराजित गरेको हो ।
लुम्बिनीले दिएको १५६ रनको लक्ष्य पछाएको सुदूरपश्चिमले १३.३ ओभरमा कुनै विकेट नगुमाएर लक्ष्य पुरा गरेको थियो ।
सुदूरपश्चिमका जर्ज मुन्सीले ५४ बलमा १२५ रन अविजित बनाउदै शतकीय पारी खेलेर जित दिलाएका थिए । त्यस्तै विनोद भण्डारीले अविजित ३० रन बनाएका थिए ।
यसअघि टस हारेर पहिला ब्याटिंग गरेको लुम्बिनीले २० ओभरमा ६ विकेट गुमाउदै १५५ रन बनाएको थियो । लुम्बिनीका लागि दिलिप नाथले सर्बाधिक अविजित ३९ रन बनाएका थिए भने कप्तान रोहित पौडेलले ३०, निरोशन डिकवेलाले २८ र अली सेखले २४ रन बनाएका थिए । त्यस्तै डिआर्ची शर्टले २१ रनको योगदान दिएका थिए । त्यसैगरी सुदूरपश्चिम रोयल्सका बलर स्कट कुगेलाइनले २ विकेट लिए भने हेमन्त धामी, थारिन्दु रत्नायके र दिपेन्द्र सिंह ऐरीले एक एक विकेट लिएका थिए ।
यसअघि लगातार दोस्रो सिजन फाइनलमा पराजित भएको सुदूरपश्चिमले तेस्रो प्रयासमा उपाधि जितेको छ । त्यस्तै अघिल्लो सिजनको फाइनलमा लुम्बिनीसँग बेहोरेको हारको बदला समेत लिएको छ । लुम्बिनी भने लगातार दोस्रो सिजन फाइनलमा पुगेर यस पटक उपविजेता बनेको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
प्रधानमन्त्रीको घोषणा- छैटौँ सिजनदेखि एनपीएल टिमका आफ्नै फ्लडलाइटसहितका रंगशाला हुन्छन्
-
लुम्बिनीलाई हराउदै सुदूरपश्चिम रोयल्सले जित्यो एनपीएल उपाधि
-
नवनियुक्त मुख्यमन्त्री यादवले भोलि बिहान शपथ लिने
-
पारवहन, ऊर्जा व्यापार र हवाई मार्गमा व्यावहारिक नीतिको आवश्यकता : अरुणकुमार सुवेदी
-
लुम्बिनीद्वारा सुदूरपश्चिमलाई १५६ रनको लक्ष्य
धेरै पढिएको
विशेष
बालेन सरकारको ६ महिना: भारत, चीन र अमेरिकासँगको सम्बन्धमा ‘रिसेट’ कि अन्योल?
बालेन सरकारको छ महिनामा भारत, चीन र अमेरिकासँग प्रारम्भिक दूरीबाट व्यावहारिक संलग्नतातर्फ केही परिवर्तन देखिएको विश्लेषण कार्यक्रममा प्रस्तुत भयो। अबको चुनौती भनेको अन्तर्राष्ट्रिय दृश्यता र कूटनीतिक सम्पर्कलाई विद्युत् व्यापार, लगानी, प्रविधि, रोजगारी र आर्थिक अवसरमा कसरी रूपान्तरण गर्ने भन्ने देखिन्छ।