नेप्सेमा सामान्य बृद्धि, ३ अर्ब ९ करोडको कारोबार

१ जेठ, २०८३, शुक्रवार
सारांश
  • आज ३३८ कम्पनिका ७९ लाख ३४ हजार ४४४ कित्ता शेयर ३ अर्ब ९ करोड ७९ लाख ५३ हजार ४८६ मा कारोबार भएको थियो । आज विकास बैंक, लगानी, जीवन बीमा, उत्पादन, माइक्रो फाइनान्स र म्युचुअल फण्ड बाहेक सबै क्षेत्रको शेयर मुल्य बढेको छ ।

काठमाडौँ: नेप्सेमा आज सामान्य वृद्धि भएको छ । आज शुक्रबार नेप्से १.७७ अंकले बढेर २७३१.९४ विन्दुमा पुगेर रोकिएको छ ।

 

आज ३३८ कम्पनिका ७९ लाख ३४ हजार ४४४ कित्ता शेयर ३ अर्ब ९ करोड ७९ लाख ५३ हजार ४८६ मा कारोबार भएको थियो । आज विकास बैंक, लगानी, जीवन बीमा, उत्पादन, माइक्रो फाइनान्स र म्युचुअल फण्ड बाहेक सबै क्षेत्रको शेयर मुल्य बढेको छ ।

 

आज, सबैभन्दा बढी नबिल डिभेन्चरको शेयर ७.७१ प्रतिशतले बढेको छ भने मोदी इनर्जीको शेयर ५.२६ प्रतिशतले बढेको छ । त्यस्तै आज सबै भन्दा बढी युनियन हाइड्रोको शेयर १४.७९ प्रतिशतले घटेको छ ।  

 

त्यस्तै आज सबै भन्दा बढी युनियन हाइड्रोको ३० करोड ६६ लाखको कारोबार भएको छ भने अपि पावरको ११ करोड ४४ लाख बराबरको कारोबार भएको छ ।

 

 


 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

एआईको अत्यधिक प्रयोगले सोच्ने, बुझ्ने र तर्क गर्ने क्षमतामा असर

एआईले केही सेकेन्डमै जटिल प्रश्नको उत्तर र समस्याको समाधान दिन थालेपछि विशेषगरी विद्यार्थीमा आफ्नै दिमाग लगाएर सोच्ने तथा विश्लेषण गर्ने अभ्यास घट्दै गएको उनीहरूको निष्कर्ष छ ।

थप समाचार