चीनको व्यापार बचत १० खर्ब डलर नाघ्यो, निर्यातमा नयाँ कीर्तिमान
२४ कार्तिक, २०८३
- सन् २०२६ को जनवरीदेखि अक्टोबरसम्म चीनको व्यापार बचत १.०४ ट्रिलियन डलर पुगेको छ। अक्टोबरमा मात्रै निर्यात गत वर्षको सोही अवधिको तुलनामा ३५.२ प्रतिशत र आयात ४१.६ प्रतिशतले बढेको छ।
चीनको व्यापार बचत (ट्रेड सरप्लस) यस वर्षको पहिलो १० महिनामै १० खर्ब अमेरिकी डलर नाघेको छ। चिनियाँ भन्सार प्रशासनका अनुसार निर्यात र आयातबीचको अन्तरले गत वर्षको कीर्तिमानलाई समेत उछिन्दै एक महिनाअघि नै नयाँ उपलब्धि हासिल गरेको हो।
सन् २०२६ को जनवरीदेखि अक्टोबरसम्म चीनको व्यापार बचत १.०४ ट्रिलियन डलर पुगेको छ। अक्टोबरमा मात्रै निर्यात गत वर्षको सोही अवधिको तुलनामा ३५.२ प्रतिशत र आयात ४१.६ प्रतिशतले बढेको छ।
विद्युतीय सवारीसाधन, सौर्य ऊर्जा उपकरण र कृत्रिम बौद्धिकता (एआई) सम्बन्धी पूर्वाधारका सामग्रीको विश्वव्यापी माग बढ्दा चिनियाँ निर्यातले गति लिएको हो। कम उत्पादन लागत, आधुनिक प्रविधि, स्वचालन र कमजोर चिनियाँ मुद्राले पनि अन्तर्राष्ट्रिय बजारमा उसका उत्पादन प्रतिस्पर्धी बनेका छन्।
यद्यपि, बढ्दो व्यापार बचतले चीनको आन्तरिक अर्थतन्त्रमा रहेको कमजोरीसमेत उजागर गरेको छ। घरजग्गा बजारको मन्दी र उपभोक्ताको घट्दो खर्चका कारण घरेलु माग कमजोर हुँदा आयात अपेक्षाकृत सीमित भएको विश्लेषण गरिएको छ।
चीनको बढ्दो निर्यातले युरोपेली मुलुकमा पनि चिन्ता बढाएको छ। विशेषगरी जर्मनी र फ्रान्सका उद्योगले चिनियाँ उत्पादनसँग प्रतिस्पर्धा गर्न कठिनाइ भोगिरहेका छन्, जसले औद्योगिक रोजगारीमा दबाब सिर्जना गरेको छ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
चीनको व्यापार बचत १० खर्ब डलर नाघ्यो, निर्यातमा नयाँ कीर्तिमान
-
एनभिडिया प्रमुख हुआङको सम्पत्तिमा एकैदिन ७ अर्ब ४० करोड डलरले घट्यो
-
शेख हसिनालाई नयाँ राहदानी नदिने बङ्गलादेशको निर्णय
-
ट्रम्पले इरानमाथि पुनः आक्रमण गर्ने धम्कीबाट पछि हटेपछि तेलको मूल्य प्रतिब्यारेल ९० डलरभन्दा तल
-
एनभिडिया प्रमुख हुआङको प्रेम सम्बन्ध अनुसन्धान गर्दै एफबीआई
धेरै पढिएको
विशेष
आज म्हपूजा, कस्तो छ धार्मिक मान्यता ?
तिहारको कार्तिक शुक्ल प्रतिपदाको दिन आज नेवार समुदाय आफ्नै शरीरको पूजा गर्दै मौलिक पर्व म्हपूजा मनाउँदैछन ।