- कच्चा तेलको मूल्यमा समेत गिरावट आएको छ । अक्टोबरको सुरुवातमा प्रतिब्यारेल १३६ डलरसम्म पुगेको ब्रेन्ट कच्चा तेलको मूल्य घटेर करिब ९५ डलरमा झरेको छ ।
काठमाडौं: अमेरिका–इरान युद्ध सुरु भएयता पहिलोपटक विश्व तेल बजारमा मागभन्दा आपूर्ति बढी भएको छ । अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी (आईईए) का अनुसार गत अक्टोबरमा विश्वव्यापी तेल आपूर्ति दैनिक करिब २० लाख ब्यारेलले खपतभन्दा बढी भएको हो ।
फाइनान्सियल टाइम्सका अनुसार मध्यपूर्वबाट तेल ढुवानीमा सुधार, अन्य उत्पादक राष्ट्रमा बढेको उत्पादन र विश्वव्यापी मागमा आएको कमीले बजारमा आपूर्ति बढेको हो । आईईएले यो वर्षको अन्तिम त्रैमासिक र आगामी वर्षभरि पनि तेल बजारमा आपूर्ति बढी रहने प्रक्षेपण गरेको छ ।
यससँगै कच्चा तेलको मूल्यमा समेत गिरावट आएको छ । अक्टोबरको सुरुवातमा प्रतिब्यारेल १३६ डलरसम्म पुगेको ब्रेन्ट कच्चा तेलको मूल्य घटेर करिब ९५ डलरमा झरेको छ ।
तर, आपूर्ति बढ्दैमा तत्काल बजार सामान्य अवस्थामा नफर्कने विश्लेषकहरूको चेतावनी छ । महिनौँसम्मको आपूर्ति अवरोधले घटेको तेल भण्डार पुनः पुरानै अवस्थामा पुर्याउन धेरै महिना लाग्नेछ । विशेषगरी डिजेल र हवाई इन्धनजस्ता प्रशोधित पेट्रोलियम पदार्थको मूल्य अझै उच्च छ ।
आईईएका अनुसार सन् २०२६ मा विश्वव्यापी तेल खपत दैनिक २७ लाख ब्यारेलले घट्ने र त्यसपछिको वर्ष पुनः २० लाख ब्यारेलले बढ्ने अनुमान छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
दानबहादुर कार्की लक्षित अनुसन्धानमा अख्तियार सक्रिय, निर्वाचन प्रहरीको पोशाक ठेकेदारसँग पुनः बयान
-
सर्वोच्च अदालतका चार नवनियुक्त न्यायाधीशले लिए शपथ
-
कोशीका ४१ पालिकामा रास्वपाबाट वडाध्यक्षका उम्मेदवार बन्नै कोही तयार भएनन्
-
नक्कली शैक्षिक प्रमाणपत्र भएका शिक्षकविरुद्ध मुद्दा दायर
-
अमेरिकाको ‘प्याक्स सिलिका’ र चीनको ‘वाइको’ बीचको एआई प्रतिस्पर्धामा नेपाल : सौरभराज पन्त
धेरै पढिएको
विशेष
आज म्हपूजा, कस्तो छ धार्मिक मान्यता ?
तिहारको कार्तिक शुक्ल प्रतिपदाको दिन आज नेवार समुदाय आफ्नै शरीरको पूजा गर्दै मौलिक पर्व म्हपूजा मनाउँदैछन ।