सरकारले दैलेखको ग्यास र पेट्रोलियम पदार्थ उत्खनन् गर्ने काम रोकेको ओलीको आरोप

२८ कार्तिक, २०८३
सारांश
  • नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दैलेखमा रहेको खानीबाट ग्यास र पेट्रोलियम पदार्थ उत्खनन् गर्ने काम रोकेको आरोप लगाएका छन् ।

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दैलेखमा रहेको खानीबाट ग्यास र पेट्रोलियम पदार्थ उत्खनन् गर्ने काम रोकेको आरोप लगाएका छन् ।

 

एमाले बागमती प्रदेश संगठन कमिटीको तेस्रो बैठकलाई सम्बोधन गर्दै ओलीले व्यवसायिक उत्पादन बैशाखदेखि नै हुनुपर्नेमा सरकारले प्रक्रिया अगाडि नबढाएको आरोप लगाएका हुन् ।

 

उनले खानीबाट नेपालले अर्बौं लाभ लिन सक्ने भएपनि सरकारले काम रोकेको बताए ।

 

उनले एमाले इमानको प्रतिमूर्ति हुनुपर्नेमा पछिल्लो समय त्यो देखिन छाडेको र स्वार्थ अनुसार अगाडि बढ्ने गरेको बताए । उनले अरुलाई आलोचना गर्दा गर्दै एमाले भित्रको अवस्था कस्तो भएको छ मूल्याङ्कन गर्नुपर्ने र प्रतिबद्ध हुनुपर्ने दोहोर्‍याए ।

 

उनले अहिले नेता धेरै तर काम हुने गरेको बताउदै पहिले नेता कम भएपनि काम हुने र नेता-कार्यकर्ता जनताका बीचमा हुने गरेको बताएका थिए ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

आज म्हपूजा, कस्तो छ धार्मिक मान्यता ?

तिहारको कार्तिक शुक्ल प्रतिपदाको दिन आज नेवार समुदाय आफ्नै शरीरको पूजा गर्दै मौलिक पर्व म्हपूजा मनाउँदैछन ।

थप समाचार