- मुख्यमन्त्री यादवले विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको प्रदेश सभामा सम्बोधन गर्दै पदबाट राजीनामा दिएका हुन् । मुख्यमन्त्री यादवले विश्वासको मत पाउने सम्भावना नभएपछि पदबाट राजीनामा दिएको बताए ।
जनकपुरधाम : मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले पदबाट राजीनामा दिएका छन् ।
मुख्यमन्त्री यादवले विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको प्रदेश सभामा सम्बोधन गर्दै पदबाट राजीनामा दिएका हुन् । मुख्यमन्त्री यादवले विश्वासको मत पाउने सम्भावना नभएपछि पदबाट राजीनामा दिएको बताए ।
सरकारमा सहभागी नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीले समर्थन फिर्ता लिएपछि काँग्रेस नेता यादव नेतृत्वको सरकार अल्पमतमा परेको थियो ।
नेपाली कांग्रेस नेतृत्वको सरकारलाई समर्थन गर्दै आएका एमालेका चार मन्त्रीले गत असोज २५ गते सामूहिक राजीनामा दिँदै समर्थन फिर्ता लिएका थिए । त्यसपछि सरकारमा सहभागी नेपाली कम्युनिस्ट पार्टीका चार मन्त्रीले पनि कात्तिक २० गते राजीनामा दिँदै सरकारलाई दिएको समर्थन फिर्ता लिएका थिए ।
१०७ सदस्यीय मधेश प्रदेशसभामा विश्वासको मत प्राप्त गर्न कम्तीमा ५४ सांसदको समर्थन आवश्यक पर्छ । प्रदेशसभामा कांग्रेसका २२, नेकपा एमालेका २३, जनता समाजवादी पार्टी नेपालका २७, नेपाली कम्युनिस्ट पार्टीका १५ र जनमत पार्टीका १२ सांसद छन् । त्यस्तै, संघीय समाजवादी पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका एक–एक सांसद छन् ।
मुख्यमन्त्री यादवको राजीनामा सँगै अब नयाँ सरकार गठनको बाटो खुलेको छ । अब एमाले, नेकपा र जसपा नेपाल मिलेर नयाँ सरकार बनाउने सहमति गरेका छन्
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
आजको राशिफल: वि.सं. २०८३ कार्तिक २९ गते आइतबार
-
सरकारले दैलेखको ग्यास र पेट्रोलियम पदार्थ उत्खनन् गर्ने काम रोकेको ओलीको आरोप
-
सौरभराज पन्तको टिप्पणी : के राष्ट्रसंघमा रुसद्वारा प्रस्तावित प्रस्तावको पक्षमा मतदान गरेर नेपालले वासिङ्टन विरुद्ध ‘फायर खोल्न’ खोजेको हो?
-
गौशालाको अतिक्रमित भूमि खाली गराउन मेयरको प्रधानमन्त्रीसँग सुरक्षा माग
-
मधेशका मुख्यमन्त्री यादवले दिए राजीनामा
धेरै पढिएको
विशेष
आज म्हपूजा, कस्तो छ धार्मिक मान्यता ?
तिहारको कार्तिक शुक्ल प्रतिपदाको दिन आज नेवार समुदाय आफ्नै शरीरको पूजा गर्दै मौलिक पर्व म्हपूजा मनाउँदैछन ।