नेप्से १३.४६ अंकले घट्यो, करिब ९ अर्बको कारोबार
२७ चैत्र, २०८२, शुक्रवार
- आज ३३५ कम्पनिका २ करोड १० लाख ८७ हजार ६२८ कित्ता शेयर ८ अर्ब ९९ करोड ३२ लाख ८० हजार ९६७ मा कारोबार भएको थियो । आज हाइड्रो र उत्पादन बाहेक सबै क्षेत्रको शेयर मुल्य घटेको छ ।
काठमाडौँ: नेप्सेमा आज गिरावट आएको छ । आज शुक्रबार नेप्से १३.४६ अंकले घटेर २८३७.७७ विन्दुमा पुगेर रोकिएको छ ।
आज ३३५ कम्पनिका २ करोड १० लाख ८७ हजार ६२८ कित्ता शेयर ८ अर्ब ९९ करोड ३२ लाख ८० हजार ९६७ मा कारोबार भएको थियो । आज हाइड्रो र उत्पादन बाहेक सबै क्षेत्रको शेयर मुल्य घटेको छ ।
आज, भुजुङ हाइड्रो, सुपर खुदी, होटल फोरेस्ट इन र पाल्पा सिमेन्टको शेयरमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै, रिज लाइन इनर्जी, सुर्यकुण्ड हाइड्रो र शिखर पावरको शेयर ९.९९ प्रतिशतले बढेको छ । त्यस्तै आज सबैभन्दा बढी एनआइसी एशिया ब्यालेन्स फण्डको शेयर ४.१७ प्रतिशतले घटेको छ ।
त्यस्तै आज सबै भन्दा बढी नेशनल हाइड्रोको ५१ करोड ३२ लाख बराबर कारोबार भएको छ भने रिलायन्स स्पिनिंग मिल्सको ४३ करोड ५९ लाख बराबरको कारोबार भएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’